विवाद अन्त्य नभएपछि कांग्रेस बैठक फेरि स्थगित

2019-12-21

काठमाडाैं - नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्न सकेन। पार्टीभित्रको विवाद अन्त्यका लागि पुस १० गतेसम्मको लागि बैठक स्थगित गरिएको छ।

मंसिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन सकेको थिएन। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गरेपछि संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको दुई दिन बैठक बसेको थियो।

विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन सकेको छैन। संस्थापन पक्षका मात्रै नेताहरु सहभागी केन्द्रीय समितिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले ४१ विभाग बनाउने प्रस्ताव गरेका थिए।

संस्थापन इतर समूहले विभाग गठनको आवश्यकता नरहेको प्रष्टाएको छ। साथै, विभाग गठन गर्नु परे विधान अनुसार २८ विभाग मात्रै गठन गर्न माग गरिएको छ। संस्थापन इतर समूहले शक्तिशाली विभागमा समान हिस्सेदारी समेत खोजेको छ।

भ्रातृ संस्थाको गठनमा समेत विवाद देखिएको छ। नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्वमा संस्थापन पक्षको दाबी छ। पौडेल पक्षले दुई भ्रातृ संस्था मध्ये एकको नेतृत्वमा दाबी गरेको छ।

क्रियाशील सदस्यताको अद्यावधिक गर्नै विषयमा समेत पार्टी भित्र विवाद उत्पन्न भएको छ। नेता नरहरि आचार्यको नेतृत्वमा बनेको कार्यदलले तयार गरेको क्रियाशिल सदस्यताको नामावली र संख्या पार्टी भित्र सार्वजनिक गर्न माग गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ