अफगानिस्तानबाट ४ हजार सैनिक फिर्ता गर्दै अमेरिकी सरकार

2019-12-16

एजेन्सी - संयुक्त राज्य अमेरिकाको ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता गर्ने योजनालाई आगामी एक दुई दिनभित्रमा नै घोषणा गर्न लागेको अमेरिकी सञ्चारमाध्यमहरूले आइतबार उल्लेख गरेका छन्। अहिले अफगानिस्तानमा झन्डै १३,००० अमेरिकी सैनिकहरू परिचालित छन्।

अमेरिका र तालिवान विद्रोही समूहबीच सेप्टेम्बरको दोस्रो हप्तामा गर्ने भनिएको सहमति तालिवान समूहले अफगानिस्तानको राजधानी काबुलमा गरेको आक्रमणमा एक अमेरिकी सैनिकहित १२ व्यक्तिको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरूपमा ट्वीटरमार्फत् एक सन्देश लेख्दै वार्ता रद्द भएको घोषणा गरेका थिए।

अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबानसँगको शान्ति वार्ता ‘मृततुल्य’ भएको र वार्ताको तत्काल सम्भावना छैन ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले सेप्टेम्बरमा भनेका थिए। त्यसपछि राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग सेप्टेम्बरमा गर्न खोजिएको गोप्य बैठक पनि एकाएक स्थगित भएको थियो।

क्याम्प डेभिडमा हुने भनिएको उक्त गोप्य वार्तामा ट्रम्पले अफगानिस्तानका तत्कालिन राष्ट्रपति असरफ घानी र तालिवान समूहका उच्च नेताहरूसँग भेट्ने र सम्झौता गर्ने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए। तर अमेरिका र तालिवान समूहबीच एक हप्ता पहिले पुनः वार्ता शुरू भएको थियो।

काबुलको उत्तरमा रहेको अमेरिकी हवाई अड्डामा एक लडाकू समूहले गरेको आक्रमणमा दुई अफगानी नागरिकको मृत्यु हुनेगरी भएको आक्रमणमा दर्जनौ व्यक्ति घाइते भएपछि गत बिहीबार (डिसेम्बर १२) मा वार्ता रोकिएको थियो।

अमेरिकी समाचार संस्था एनबीसीले शनिबार भूतपूर्व र वर्तमान तीन अमेरिकी अधिकारीलाई उद्धृत गर्दै ट्रम्प प्रशासनले अफगानिस्तानबाट चार हजार सैनिक फिर्ता बोलाउने घोषणा गर्न लागेको जनाएको थियो। तीमध्ये दुई जनाले केही सैनिकलाई पुनः छिट्टै तैनाद गर्ने र कार्यकाल सकिएका केहीको सट्टामा अन्य सेना नपठाउने गरी तयारी भएको उल्लेख छ।

अमेरिकी अर्को समाचार संस्था (सीएनएन) ले एक अमेरिकी अधिकारीलाई उल्लेख गर्दै ट्रम्प प्रशासनले अफगानिस्तानबाट केही सैनिक हटाउनसक्ने तर यसका लागि ‘प्रशस्त समय’ लाग्ने बताएको छ।

यस बिषयमा एएफपीले अमेरिकी विदेश मन्त्रालयलाई आइतबार प्रतिक्रियाका लागि अनुरोध गर्दा कुनै प्रतिक्रिया दिन अस्वीकार गर्दै यसबारे अमेरिकी सैन्य मुख्यालय पेन्टागनसँग सम्पर्क गर्न आग्रह गरेको छ भने पेन्टागनले ह्वाइटहाउसलाई देखाएको छ। त्यस्तै ह्वाइट हाउसका अधिकारीले यस बिषयमा तत्का केही प्रतिक्रिया दिएनन्।

सेप्टेम्बरमा सम्झौताका लागि तयार भएको खाकामा अमेरिकाले आफ्नो सेनालाई घटाउने तर यसको वदलामा तालिवान समूहले अफगानी सरकारसँग वार्ता गर्ने र हिंसात्मक घटनालाई रोक्दै जाने सहमति बनेको थियो।

यसै शिलशिलामा अमेरिकी राष्ट्रपति ट्रम्पले बिना कुनै सूचना अचानक अफगानिस्तानको भ्रणम गर्दै त्यहाँ खटिएका अमेरिकी सैनिकहरूलाई भेटेका थिए। सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा भएका आतङ्कवादी आक्रमणपछि अमेरिकाले त्यहाँ आफ्नो सेना पठाएको १८ वर्ष पुगिसकेको छ। शान्ति वार्ताको पहल सुरु भएपछि हालै तालिबान विद्रोही र अमेरिकी पक्षबीच कतारको दोहामा वार्ता भएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ