नेकपाको समिक्षा : धरान र चितवनको हार पार्टीलाई विशेष धक्का

2019-12-16

काठमाडौं - उपनिर्वाचनको समीक्षा गर्दै नेकपाले धरान उपमहानगरपालिका र चितवन जिल्लामा मुख्यतः भरतपुर महानगरपालिकाको १६ नं. वडाको पराजयले पार्टीलाई विशेष धक्का दिएको बताइएको छ।

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीमा पेश गरेको प्रतिवेदनमा भक्तपुर-१ क मा पराजय भने नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनले भएको उल्लेख छ।

एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य र ४८ स्थानीय तहका रिक्त स्थान समेत गरी जम्मा ५२ स्थानका लागि भएको उप-निर्वाचनको परिणामले पार्टीलाई समेत केही गम्भीर प्रश्न र शिक्षा दिएको बताइएको छ ।

भनिएको छ, 'समग्र परिणामलाई सामान्य रुपमा हेर्दा कास्की-२ को प्रतिनिधि सभा सदस्यमा हाम्रो उम्मेद्वार पहिले जस्तै भारी मत अन्तरले बिजय भएको उत्साहप्रद स्थिति छ भने तीन वटा प्रदेश सभा सदस्य मध्ये दाङ र बाग्लुङमा पनि हाम्रो पहिलेकै स्थिति कायम नै रहेको छ।'

भक्तपुरको प्रदेश- सभा र स्थानीय तह मध्ये नेकपाले पहिले बिजय हासिल गरेका आठ स्थान यसपटक गुमाउन पुगेको उल्लेख छ।

नेपाली कांग्रेसलगायत अन्य दलले विजय भएका ११ नयाँ स्थानमा यसपटक हामो नेकपाले विजय हासिल गरेको छ । १८ स्थान हाम्रो पूर्ववत कायम रहेको बताइएको छ।

परिणामको उपरोक्त आंकड़ा हेर्दा संख्यात्मक दृष्टिले पार्टीको विजयी जन प्रतिनिधिहरूको संख्या पहिलेको भन्दा बढेको बताइएको छ । किनभने पहिलोको २७ को संख्या अहिले ३२ मा पुगेको छ । तर यथार्थमा गएर बिचार गर्दा यसबाट नेकपालाई उत्साहित हुने ठाउँ भने विल्कुल नभएको विश्लेषण छ।

भनिएको छ, '२०७४ को निर्वाचनमा स्थानीय तहमा तत्कालिन नेकपा (एमाले) र तत्कालिन नेकपा (माओवाद केन्द्र) आपसमा प्रतिष्पर्धा गरेको अवस्था थियो। अहिले पार्टी एकीकृत भएर जाँदा स्थानीय तहमा हाम्रो संख्या एउटा पनि नघटी ११ भन्दा अझ बढ्न पर्ने थियो । त्यसमाथि प्रदेश सभाकै एक स्थान पनि हाम्रो हातबाट गुम्नले परिणामलाई गम्भीरतापूर्वक लिनपर्ने बनाएको छ।'

आमरुपमा यो परिणाम पार्टीका लागि उत्साहप्रद नरहेको बताउँदै परिणामलाई पार्टी र 'सरकारका कामलाई व्यवस्थित, संस्थागत र प्रभावकारी बनाउने गम्भीर शिक्षाका रुपमा लिन जरुरी रहेको बताइएको छ।

पार्टी एकतामा ढिलाईका कारण लामो समयसम्म पार्टी कमिटि बिहिन रहनु, संस्थागत रुपले जनपरिचालनको अभाव हुनको नकारात्मक प्रभाव निर्वाचन परिणाममा पर्न गएको बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ