तातोपानी भन्सारका प्रमुखसँग साढे १० करोड गैरकानुनी सम्पत्ति, यसरी तह लगाउथे घुषबाट कमाएको पैसा !

2019-12-14

काठमाडौ - २०४५ सालमा शाखा अधिकृतबाट जागिर सुरु गरेका एक भन्सार अधिकृतले ३१ वर्षमा २० करोडभन्दा धेरैको सम्पत्ति आर्जन गरेको पाइएको छ। राजश्वको कर्मचारी भएको तीन दशकमा उनले १ करोड ७८ लाख २० हजार ९ सय ७५ रुपैयाँमात्र वैध आय हुन सक्नेमा उनले दश गुणा धेरै रकम गैरकानुनी रुपमा आर्जन गरेका थिए।

भन्सार अधिकृत कृष्णबहादुर बस्नेतले जागिरको अवधिमा १० करोड ५६ लाख ९१ हजार ६ सय ९ रुपैयाँ अवैध आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

हाल तातोपानी भन्सारमा अधिकृत रहेका उनले क्यारिङ व्यवसाय गर्ने व्यापारीहरुसँग घुस लिने र आफ्ना जेठानको नाममा जग्गा खरिद गर्ने तथा त्यसलाई उनले वैधानिक बनाउन श्रीमती ,जेठान र जेठानकी श्रीमतीलाई समेत प्रयोग गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीसहित पाँचजनाविरुद्ध शुक्रबार विशेष अदालतमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

भोजपुर षडानन्द स्थाथी घर भएका बस्नेत २०४५ सालमा लेखापाल पदमा सर्वाजनिक सेवामा प्रवेश गरेका थिए। हाल उपसचिवको रुपमा तातोपानी भन्सारमा कार्यरत रहेका बस्नेतले अवैधानिक रुपमा आर्जन गरेको सम्पत्ति , शेयर, घरजग्गा र होटल निर्माणमा लगाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

घुसको रकमले जेठानको नाममा व्यापार
बस्नेतले व्यापारीसँग असुल गरेको रकम वैधानिक बनाउन आफ्ना जेठानलाई प्रयोग गरेका थिए। झापा घर भएका जेठान नविनकुमार गौलीमार्फत उनले यस्तो रकम वैधानिक बनाएको आरोपपत्रमा उल्लेख छ।

भ्रष्टाचार गरेको जेठानको नाममा जग्गा खरीद बक्सीसमा नामसारी
भ्रष्टाचार गरेको रकम वैधानिक बनाउने उनले यतिसम्म गरे कि त्यो सुन्ने नै छक्क पर्ने देखिन्छ। अख्तियारले विशेष अदालतमा पेश गरेको अभियोग पत्रका अनुसार बस्नेतले भ्रष्टाचार गरेको रकम जेठानको खातामा जम्मा गर्ने ,उक्त पैसाले जग्गा खरीद गर्ने अनि आफ्नो नाममा बक्सीसको रुपमा लिने गरेका थिए।

बस्नेतले आफु प्रमुख भन्सार अधिकृतको रुपमा कार्यरत रहँदा विदेशबाट नेपाल आयात गर्ने सामानहरुको भन्सार छुटाउँदा विभिन्न व्यापारी, क्यारिङ् व्यवसायी एवं भन्सार एजेन्टहरुसँग गैरकानूनी रुपमा घुस लिने गरेको र त्यसलाइ वैध बनाउन घर जग्गा,सुन र अन्यमा लगानी गर्ने गरेका थिए। गैरकानूनी रकमहरु विभिन्न व्यवसाय गर्ने व्यक्तिहरु, विभिन्न पेशा व्यवसायमा काम गर्ने कर्मचारीहरु, व्यापारी एवं भन्सार एजेन्टहरुमार्फत संखुवासभा खाँदबारी १ निवासी आफ्ना जेठान गौलीले प्राप्त गर्ने गरी निज र निजको परिवारका सदस्यहरु एवं खाँदबारीस्थित विभिन्न व्यापारीहरुको बैंक खाता समेतमा ९ करोड २१ लाख ५२ हजार ७ सय ९२ रुपैया जम्मा गर्न लगाएको अख्तियारको अनुसन्धानमा भेटिएको छ।

नगदै लिन्थे घुस
उपसचिव बस्नेतले घुुसको अधिकांश रकम नगदमै कारोबार गर्ने गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। चेक वा बैंकमा जम्मा गराउँदा शंका हुने र समस्या आउनसक्ने भएकाले उनले रकम सँधै नगदमै बुझेर जेठानलाई पठाउने गरेको अख्तियारले अनुसन्धानका क्रममा पाएको थियो। यदि कुनै व्यापारीले चेक दिन चाहेमा उनी आफ्नो नाममा नभई जेठान गौलीको नाममा जम्मा गर्न लगाउने र जम्मा भएको खबर आएपछि मात्र काम गर्ने गरेको अख्तियारको आरोपपमात्र उल्लेख छ।

जहाँ पुग्यो उही सम्पत्ति
उपसचिव बस्नेतले जुन स्थानमा सरुवा भयो सोही स्थानमा महङ्गो जग्गा खरिद गर्ने गरेका थिए। तातोपानी भन्सार कार्यालय आउनुअघि उनी विराटनगर भन्सारमा कार्यरत थिए। त्यहाँ कार्यरत रहँदा उनले ससुराली क्षेत्र नजिकै खाँदबारी बजार र आसपास क्षेत्रमा १ सय रोपनी जग्गा खरिद गरेका थिए।

भ्रष्टाचारको पैसाले झापामा आरती होटल
उपसचिव बस्नेतले भ्रष्टाचार गरेको पैसाले झापामा सानदार होटल समेत सञ्चालन गरेको पाइएको छ। करीब १० करोड मुल्य रहेको आरती होटल उनले यसरी नै भ्रष्टाचार गरेको सम्पत्तिबाट जोडेकोले जफत हुनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ।

अर्बिट इनर्जी प्रालिमा २ करोडभन्दा बढी शेयर बस्नेतले यसरी नै गैरकानुनी आर्जन गरेको रकमबाट लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यसरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति वैधानिक बनाउने सहयोग गर्ने जेठानकी श्रीमतीलाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। जनही १० वर्ष कैद, बिगो बराबर जरिवानासमेत गरी २१ करोड रुपैयाँ असुल गर्न अख्तियारले माग गरेको छ ।

बस्नेतको हकमा
उपसचिव बस्नेतले सार्वजनिक पदमा बहाल रहँदा गैरकानुनी रुपमा आर्जन गरेकाले १० करोड ५६ लाख ९१ हजार रुपैयाँ र सोही बराबर जरिवाना गर्न माग गरिएको छ। उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद सजाय गर्न पनि माग गरेको छ।

जेठान गौलीको हकमा
कृष्णबहादुर बस्नेतले आफू सार्वजनिक पदमा बहाल रहँदा गैरकानूनी रुपमा आर्जन गरेको रकम आफ्ना जेठान नविनकुमार गौली एवं निजको परिवारका अन्य सदस्यहरुको नाममा लुकाउने गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपसचिव बस्नेतको गैरकानूनी सम्पत्ति प्रयोग तथा व्यवस्थापन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन कसुरको मतियारको रुपमा कारवाही गर्न माग गरेको छ। अख्तियारले जेठान गौलीसँग ९ करोड २१ लाख ५२ हजार रुपैयाँ असुल गर्न माग गरेको छ।

उपसचिव बस्नेतकी श्रीमती सबिता गौलीको हकमा
उपसचिव बस्नेतले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती सबिता गौलीको नाममा लुकाउने गरेको भन्दै उनलाई पनि अख्तियारले मतियारको रुपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनलाई भ्रष्टाचार निवारण ऐन २०१७,२०५९ र २०४८ अनुसार सजाय गर्न माग अख्तियारले माग गरेको छ।

जेठान गौलीका श्रीमती र छोराको हकमा
अख्तियारले बस्नेतले आर्जन गरेको सम्पत्ति लुकाउने कार्यमा जेठान गौलीसहित श्रीमती र छोरोको समेत संलग्नता रहेको भन्दै उनीहरु विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनीहरुको नाममा चल अचल सम्पत्ति खरीद गरेको र होटल व्यवसायमा समेत लगानी गरेको पाइएको हुँदा अन्य आरोपीहरुबाट बिगो असुल उपर हुन नसकेमा सकुन्तला गौली र शुलभ गौलीको नाममा रहेका चल अचल सम्पत्तिबाट असुल गर्न अख्तियारले माग गरेको छ




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ