‘ए’ डिभिजन लिगलाई कतार एयरवेजले प्रायोजन गर्ने

2019-12-13

काठमाडौ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारबाट सुरु हुने नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि कतार एयरवेजसँग मुख्य प्रायोजन सम्झौता गरेको छ ।

बिहीबार एन्फा मुख्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर मोहम्मद इलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ। कतार एयरवेजले पहिलो किस्ताबापत ९० हजार अमेरिकी डलर र दोस्रो किस्तामा बाँकी ६० हजार अमेरिकी डलर दिनेछ। साथै लिगमा सहभागी १४ टोलीको जर्सीमा समेत कतार एयरवेजको ब्याच अनिवार्य गरिएको छ।

‘मैले एफफसीका अध्यक्षसँगको भेटमा हामीले नेपालमा पनि लिगलाई स्थायित्व गर्न लागेको र त्यसका लागि एउटा प्रायोजक खोजिदन आग्रह गरेको थिएँ,’ एन्फा अधयक्ष शेर्पाले भने, ‘उहाँले कतार फुटबल संघलाई खबर गर्नुभयो, जसको परिणाम स्वरुप कतार एयरवेज नेपालको लिगमा प्रायोजन गर्न सहमत भयो। यो निकै सकारात्मक सुरुआत हो।’

यो सम्झौतापछि प्रतियोगिताको नाम ‘कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग’ हुनेछ। एक वर्षका लागि भएको सम्झौता अनुसार कतार एयेयरवेजले एन्फालाई प्रायोजनस्वरूप १ लाख ५० हजार अमेरिकी डलर दिनेछ।

‘हामी कतार एयेरवेजसँग सहकार्य गर्न पाउँदा हर्षित छांै,’ शेर्पाले थपे, ‘आशा छ यो सम्झौता आगामी दिनमा पनि निरन्तर रहनेछ। यो सम्झौताले नेपाल र कतार फुटबल संघबीचको सम्बन्धमा नया उचाइ दिनेछ।’

‘ए डिभजन लिगमार्फत नेपाली फुटबल संघ जोडिन पाउदा हर्षित छौ,’ कतार एयरवेजका नेपाल कन्ट्री म्यानेजर मोहम्मद इलले भने।

यता अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबारदेखि सुरु हुने कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। एन्फाले बिहीबार एक कार्यक्रमको अयोजना गर्र्दै लिग तयारी पूरा भएको जनाएको हो। लिगमा मनाङ मस्र्याङ्दी, थ्री स्टार,मच्छिन्द्र, संकटा, जावलाखेल, त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस, एनआरटी, च्यासल युवा क्लब, फ्रेन्ड्स क्लब, सरस्वती क्लब, ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब गरी कुल १४ टोलीको सहभागिता रहनेछ। राउन्ड रोबिनका आधारमा हुने लिगमा प्रत्येक टोलीले समान १३ खेल खेल्नेछन् र अन्तिम स्थानमा रहने एक टोली रेलिगेसनमा पर्नेछ।

प्रतियोगिताको विजेता टोलीले अघिल्लो संस्करणको जस्तै नगद ५० लाख र उपविजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो, चौथो, पाँचाैं र छैटाैं स्थानका टोलीले क्रमशः नगद २५ लाख, १५ लाख, ७ र ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको तयारीका लागि सहभागी सबै टोलीलाई समान २० लाख दिइएको छ। प्रतियोगितामा प्रत्येक खेलको विजयी टोलीले म्याच मनिबापत नगद ५० हजार प्राप्त गर्नेछ भने खेल बराबरी भएको खण्डमा दुवै टोलीले समान नगद १५ हजार हात पार्नेछन्। प्रत्येक खेलको म्यानअफ दी म्याचले नगद १० हजार र फेयर प्ले टोलीले नगद १ लाख प्राप्त गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट ५ (गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षक) ले जनही नगद १ लाख ५० हजार हात पार्नेछन्। यसअघि यी विधाका विजेताले एक थान पल्सर मोटरसाइल प्राप्त गर्थे। त्यो प्रक्रिया झन्झटिलो भएकाले यस पटकबाट नगदको व्यस्था गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।
शनिबार दशरथ रंगशालामा हुने लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज र मच्छिन्द्र क्लब आमनेसामने हुनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ