चीन-अमेरिका व्यापारमा गिरावट

2019-12-09

बेइजिङ - अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन्।

अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट संयुक्तराज्य अमेरिकातर्फको व्यापारमा २३ प्रतिशतले कमी आई ३५ अर्ब ६० करोड अमेरिकी डलरमा सीमित भएको छ। चिनियाँ भन्सार विभागका अनुसार अमेरिकाबाट हुने आयातमा पनि २.८ प्रतिशतले कमी आएको छ ।

अमेरिकाबाट चीनतर्फ करिब ११ अर्ब डलर बराबरको मालबस्तु आयात भएको छ। तर चीनबाट फ्रान्सतर्फ भएको निकासीमा भने सुधार आएको छ जसका कारण चीनको कूल व्यापार घाटामा कमी आएको छैन।

विश्वव्यापी रुपमै मागमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा निकासीतर्फ १.१ प्रतिशत वृद्धि भई करिब २२२ अर्ब अमेरिकी डलर पुगेको छ। आयातमा भने ० दशमलब ३ प्रतिशत वृद्धि भएको छ। चीनले यस अवधिमा १८३ अर्ब अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गरेको छ।

अमेरिका र चीनबीच व्यापार वार्ता जारी रहेपनि ठोस सहमति अझै हुन सकेको छैन। अमेरिकी प्रविधि जबर्जस्ती चीनले हत्याएको आरोप लगाउँदै वर्तमान ट्रम्प प्रशासनले चीनमाथि व्यापार युद्ध नै शुरु गरेको छ।

दुवै देशले एकअर्काका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेपछि विश्वव्यापी आर्थिक मन्दीको सम्भावना बढेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ