'ह्याट्रिक'मा मेस्सीले रोनाल्डोलाई उछिने, मालोर्कालाई हराउंदै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

2019-12-08

एजेन्सी - बार्सिलोनाले मालोर्कालाई पराजित गर्दै फेरि शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा ह्याट्रिक गर्दै मेस्सीले मालोर्का बिरुद्ध बारसिलोनालाइ ५–२ को जित दिलाए । यो संगै ला लिगामा मेस्सीको ३५ औं ह्याट्रिक पुगेको छ ।

ला लिगामा सर्वाधिक ह्याट्रिक गर्नेमा मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डोको ३४ ह्याट्रिक रहेको छ ।

घरेलु मैदान नोउ कयाम्पमा खेलअघि मेस्सीले केही दिनअघि मात्र जितेको छैटौं बालोन डे ओर अवार्ड देखाएका थिए । त्यसपछि उनले ह्याट्रिक नै गरिदिए ।

खेलको सातौं मिनेटमै एन्टोनी ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । मेस्सीले १७ औं मिनेटमा ग्रिजमनकै पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ३५ औं मिनेटमा मालोर्काका लागि एन्टे बुडिमिरले गोल फर्काए । ४१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र ४३ औं मिनेटमा लुइस सुअरजेले पहिलो गोल गरेपछि बार्सिलोने पहिलो हाफमै ४–१ को अग्रता बनायो ।

एन्टे बुडिमिमरले नै ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । मेस्सीले ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै बार्सिलोनाको जित सुनिश्चित पारे ।

जितपछि बार्सिलोना १५ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ३४ अंक नै भए पनि रियल मड्रिड गोलअन्तरमा पछि रहेको छ । रियलले शनिबार भएको खेलमा स्पानयोललाई २–० ले पराजित गरेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ