यी हुन् १३औँ सागमा नेपाललाई आजको दिनसम्म १५ स्वर्ण पदक दिलाउने खेलाडी !

2019-12-03

काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद सागमा आयोजकले नेपालले शानदार शुरुवात गरेको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले सर्वाधिक १५ स्वर्ण जित्यो । नेपालले रजत पदक जित्दै दिनको शुरुवात गरेपनि स्वर्ण जित्दै अन्त्य गर्‍यो ।

साग इतिहासमा नेपाललाई सर्वाधिक स्वर्ण दिलाएका तेक्वान्दो र करातेको खेलहरु सोमबारबाटै शुरु भएकोले नेपालले पहिलो दिन धेरै स्वर्ण आफनो पक्षमा पार्न सफल भएको हो । तेक्वान्दो र करातेमा नेपालले समान ७ स्वर्ण जित्दा ट्रायथलनमा १ स्वर्ण जित्यो ।

हेर्नुहोस् अहिलेसम्म १३औँ सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडी

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनि)– कुसुम खड्का

कराते (५० केजी मूनि) –अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बू

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य र सञ्जिकुमार पाण्डे

तेक्वान्दाे पुम्से महिला( १७-२९ वर्ष ) - निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना

तेक्वान्दाे २३ वर्षमाथि उमेरसमूह - निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई

ट्रायथलन – सोनी गुरुङ




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ