साग महिला भलिबल : नेपालले बंगलादेशलाई हरायो

2019-11-27

काठमाडौं - १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ। पहिलो सेट २५-९ ले जितेको नेपालले त्यसपछि लगातार बंगलादेशलाई दबाबमा राख्दै खेल जितेको हो।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले दोस्रो सेट पनि २५-९ ले नै जित्यो। साथै सुरुवात केही प्रतिस्पर्धात्मक देखिएको तेस्रो सेटमा २५–११ ले हराउँदै नेपालले पहिलो खेल जितेको हो।

सागको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबल खेल चार दिन अघि नै सुरु भएको हो।

महिला भलिबलमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र भारत छन्। समूह ‘बी’ मा भने माल्दिभ्स, पाकिस्तान र श्रीलंका छन्।

आजै हुने समूह ‘बी’ को खेलमा माल्दिभ्सले पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्यस्तै, सागमा पुरुष भलिबलतर्फ नेपालले आजै बंगलादेशसँग बेलुका ७ बजे प्रतिस्पर्धा गर्नेछ। खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा नै हुनेछ।

पुरुष भलिबलमा महिलाको जस्तै समूह ‘ए’ मा नेपाल, भारत र बंगलादेश रहेका छन्। समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ