भारतमा बिरामीकाे शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालियाे

2019-11-27

एजेन्सी - भारतकाे नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा युरोलोजी विभागका चिकित्सकहरूको टोलीले बिरामीको शरीरबाट ७.४ किलाेकाे मिर्गाैला निकालेका छन्। याे भारतमा बिरामीकाे शरीरबाट निकालिएकाे अहिलेसम्मकै ठूलाे मिर्गाैला हाे।

यसकाे लम्बाइ २१.८ सेन्टीमिटर रहेकाे छ। यो विश्वको तेस्रो सबैभन्दा ठूलो मिर्गाैला भएकाे बताइएकाे छ। याे दुर्लभ शल्यक्रिया लगभग दुई घण्टा चलेकाे थियाे। शल्यक्रिया टोलीमा डा अजय शर्मा, डा सचिन कथुरिया र डा जुहिल नानावटी रहेका थिए।

डा सचिन कथुरियाका अनुसार दिल्लीकाे ५६ वर्षकाे बिरामी शरीरबाट उक्त मिर्गाैला निकालिएकाे हो। उनी आनुवांशिक डिसअर्डरबाट ग्रस्त थिए। डा सचिनले भने, 'अहिलेसम्म यस प्रकारका दुई दुर्लभ शल्यक्रिया भइसकेका छन्। पहिलो अमेरिकामा (८.७ किलाे) र दोस्रो नेदरल्याण्डमा (७.७ किलो) मिर्गाैला निकालिएकाे थियाे। अब हामी यसलाई गिनीज वर्ल्ड अफ रेकर्डमा रेकर्ड गर्न तयारी गर्दैछौं।'




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ