च्याम्पियन्स लिग : रियल पीएसजी बिच बराबरीको खेल

2019-11-27

काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन्। मंगलबार राति भएको समूह ‘ए’को खेलमा रियलले आफ्नो अग्रता जोगाउन नसक्दा बराबरीमा खेल सकाएको हो।

रियलका लागि करिम बेन्जिमाले २ गोल गरे। पीएसजीका लागि केलियन एमबाप्पे र पाब्लो सरावियाले गोल गरे। खेलेको १७औं र ७९औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाएका थिए। तर खेलको ८१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई २–१ गोलको स्थितिमा ल्याए।

८३औं मिनेटमा सरावियाले गोल गरेपछि रियलसँग पीएसजीले २–२ गोलको बराबरी खेलेको हो। समूह ‘ए’मा रहेका यी दुवै टिम यसअघि नै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेका छन्।

शीर्ष स्थानमा रहेको पीएसजीको ५ खेलबाट १३ अंक छ भने रियलको समान खेलबाट ८ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ