लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो

2019-11-24

काठमाडौं - लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा साडियो माने र रोबेर्टो फिर्मिन्होले गोल गरे। क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहाले गोल गरे।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा २ गोल गर्दा १ गोल खान पुगेको थियो। खेलको ४९औं मिनेटमा मानेको गोलबाट लिभरपुलले अग्रता बनायो।

खेलको ८२औं मिनेटमा जाहाको गोलबाट क्रिस्टलले १–१ गोलको बराबर्री बनाएको थियो। तर ८५औं मिनेटमा फिर्मिन्होले गोल गरेपछि लिभरपुल २–१ गोलले विजयी भएको हो।

जितसँगै लिभरपुलले १३ खेलबाट ३७ अंक बनाएको छ। क्रिस्टलले भने १३ खेलबाट १५ अंक मात्रै बनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ