इंग्लिस प्रिमियर लिग : टोटेनहमद्वारा वेस्ट ह्याम ३-२ ले पराजित

2019-11-24

काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले वेस्ट ह्यामलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा वेस्ट ह्यामलाई टोटेनहमले ३–२ गोलअन्तरले पराजित गरेको हो। टोटेनहमको जितमा सन हेयुङ मिन, लुकास मउरा र ह्यारी केनले गोल गरे।

यता, वेस्ट ह्यामका लागि मिचेल एन्टोनियो र एन्जेलो ओग्बोनले गोल गरे। खेलको ३६औं मिनेटमा सन हेयुङ मिन र ४३औं मिनेटमा लुकासले गोल गर्दै टोटेनहमलाई पहिलो हाफसम्म २–० गोलको अग्रता दिलाएका थिए।

खेलको ४९औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमलाई ३–० गोलको अग्रतामा पुरर्‍याए। खेलको ७३औं मिनेटमा एन्टोनियो र खेलको अतिरिक्त समयमा एन्जेलोले गोल गर्दै ३–२ को स्थितिमा ल्याएपनि टोटेनहमलाई रोक्न भने सकेन।

प्रशिक्षक जोसे मौरिन्होले टोटेनहम सम्हालेसँगै जित हात पारेको हो। मौरिन्होको लागि यो सुखद सुरुवात हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ