इटालियन सिरी ए फुटबलमा एटलान्टा माथि युभेन्टसको जित

2019-11-24

काठमाडौं - इटालियन सिरी ए फुटबलमा युभेन्टसले जित हात पारेको छ। शनिबार राति भएको खेलमा एटलान्टालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

युभेन्टसको जितमा गोन्जालो हिगुइनले २ गोल गर्दा पाउल डिबेलाले १ गोल गरे। एटलान्टाका लागि रोविन गोसेन्सले गोल गरेका थिए।

खेलको ५६औं मिनेटमा रोविनले गोल गर्दै एटलान्टाका लागि अग्रता दिलाए। खेलको ७४औं मिनेटमा हिगुइनले गोल गर्दै युभेन्टसलाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ८२औं मिनेटमा उनले नै गोल गर्दै युभेन्टसलाई २–१ गोलको अग्रता दिलाए। क्रिष्टियानो रोनाल्डो विना नै मैदानमा उत्रिएको युभेन्टसका लागि खेलको अतिरिक्त समयमा डिबेलाले गोल गर्दै ३–१ गोलको जित दिलाएका हुन्।

यो जितसँगै युभेन्टसले १३ खेलबाट ३५ अंक बनाएको छ। यता, दोस्रो स्थानमा रहेको इन्टर मिलानको पनि समान खेलबाट ३४ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ