विश्वकपको अभ्यासमा रहेका खेलाडी ठमेलको नाइट क्लबमा, एन्फाले गर्यो बर्खास्त !

2019-11-16

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमका ४ खेलाडीलाई अनुशासनहीन गतिविधि गरेको भन्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले टिमबाट बर्खास्त गरेको छ। फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र सन्तोष तामाङका साथै डिफेन्डर दीनेश राजवंशीलाई बर्खास्त गरेको हो।

एन्फा प्रवक्ता किरण राईले उनीहरुलाई बर्खास्त गरेको पुष्टि गरेका छन्। विश्वकप छनोटमा कुवेतसँगको खेलका लागि टिममा रहेका उनीहरू गएराती व्यवस्थापनलाई जानकारी नदिई डिस्को गएको पाइएको थियो। विश्वकप छनोटको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेे खेलाडीहरु रातभर ठमेलको डिस्कोमा रहेपछि उनीहरु कारबाहीमा परेका हुन्।

नेपाली टिम विश्वकप छनोटको खेलका लागि आज नै भुटान जाँदैछ। घरेलु मैदानमा हुने खेल दशरथ रंगशाला तयार नभएपछि भुटानमा गर्ने एन्फाको प्रस्ताव एएफसीमार्फत स्वीकृत भएको थियो। कारबाहीमा परेका चार खेलाडीको स्थानमा वैकल्पिक खेलाडीलाई भुटान लगिने एन्फाले जनाएको छ।

राष्ट्रिय टिमको क्याम्पमा रहँदा यसअघि पनि खेलाडीहरु ‘नाइट क्लब’मा भेटिने गरेका थिए। यसअघि घटना गुपचुप राख्ने गरिएको भए पनि यसपटक एन्फा कारबाहीमा नै बढेको हो।

कारबाहीमा परेका अन्जनले यसअघि विश्वकप छनोटमा नै चाइनिज ताइपेइसँगको खेलमा दुई गोल हानेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ