समाजवादी पार्टीको सरकारबाट बाहिरिने तयारी, बैठक आज

2019-11-14

काठमाडौं - एकीकरणपछि पहिलो पल्ट समाजवादी पार्टीको संघीय परिषद्को बैठक बिहीबार बस्दै छ। गत वैशाखमा संघीय समाजवादी फोरम र नयाँ शक्तिपार्टीबीच एकीकरण भएपछि संघीय परिषद् र केन्द्रीय समिति बैठक बसेको थिएन। संघीय परिषद्को बैठकपछि शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बस्दै छ।

सरकारबाट बाहिरिने र राजपासँगको एकीकरण वार्तालाई संघीय परिषद्ले छलफल गरी केन्द्रीय समिति बैठकको एजेन्डामा रुपमा पेस गर्ने तयारी गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे बस्ने संघीय परिषद् बैठकको अध्यक्षता डा.बाबुराम भटराईले गर्ने छन् भने शुक्रबार र शनिबार बस्ने केन्द्रीय समिति बैठकको अध्यक्षता उपेन्द्र यादवले गर्दैछन्।

एकीकरणपछि पहिलो बैठक बस्न लागेकाले एजेन्डासहित सबै विषयमा बुधबार शीर्ष तहमा छलफल भएको महासचिव रामसहाय यादवले जानकारी दिए। बैठकमा पेश हुने एजेन्डाका बारेमा शीर्ष नेता तथा पदाधिकारीबीच बुधबार अवेरसम्म छलफल भएको थियो।

डेढ वर्षअघि सरकारसँग दुई बुँदे सहमति गर्दै तत्कालीन संघीय समाजवादी पार्टीबाट उपेन्द्र यादव सरकारमा सहभागी भएका थिए। वैशाखमा पूर्वप्रधानमन्त्री डा.भटराईको पार्टीसँग एकीकरण गर्दा यादवले सरकारबारे चाँडै निर्णय हुने बताएका थिए। प्रदेश प्रमुख नियुक्तीमा आफ्नो पार्टीलाई नेकपाले भाग नदिएपछि यादवमाथि सरकार छाड्न दबाब परेको छ। एकीकरण वार्तामा राजपा पक्षले सरकारबाट बाहिरिनु पर्ने अडान राखेपछि यो मुद्दा थप पेचिलो बनेको छ।

अर्का महासचिव गंगा श्रेष्ठ दुवै बैठकमा सरकार र राजपा नेपालसँगको एकीकरणबारेमा बृहत् छलफल हुने बताउँछन्। भटराई सरकारबाट बारिएर राजपा नेपालसँग एकीकरण गर्दै वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्नुपर्ने पक्षमा छन् भने यादव पनि मुद्दा मिल्नेसँग एकीकरण गर्दै वैकल्पिक शक्ति बनाउनु पर्नेमा पक्षमा छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ