श्रमिक कल्याणकारी कोषलाई एनआरएनको एक करोड सहयोग

2019-10-21

काठमाडौं - गैरआवासीय नेपाली संघले वैदेशिक रोजगार क्षेत्रमा समस्या परेका पीडित कामदारलाई सहयोग गर्ने भएको छ। संघको पहिलो बैठकले श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

वैदेशिक रोजगारीका पीडितहरूलाई सहयोग गर्ने हेतुले स्थापित कोषमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सहयोग गर्ने घोषणा गरेका हुन्। वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा ४३ लाखभन्दा बढी श्रमिक छन्। संघले वैदेशिक रोजगारमा समस्यामा परेका कामदारको उद्धार तथा राहतमा पहिलो प्राथमिकता दिने जनाएको छ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ। यस्तै, पूर्वाधार विकासका लागि १० अर्बको लगानी भित्र्याउने अभियान अगाडि बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा समिति बनाएको छ। समितिले १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्नेछ।

संघको निर्वाचन विद्युतीय पद्धतीबाट प्रत्यक्ष मतदानमार्फत गर्न र निःशुल्क सदस्यताबारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन भएको छ।

समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ छन्। महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ। विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौंस्थित सचिवालयलाई चुस्त बनाउन शर्माको नेतृत्वमा समिति गठन भएको छ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी २ वर्षका लागि मार्गचित्र कोर्न कार्यशाला आयोजना गर्ने भएको छ। बैठकले ५ उपाध्यक्षको नेतृत्वमा पाँचवटा विभाग गठन गरेको छ। वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यापार तथा लगानी, सीप, ज्ञान, र नवप्रवर्तन, नेपाल प्रवर्धन निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य र सम्बन्धित क्षेत्रका विज्ञ रहने छन्।

बैठकले एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ। एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन् २०२० गर्ने निर्णय गरिएको छ। त्यस्तै, संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना हुनेछ।

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्यसमेत चयन गरेको छ। परिषद्मा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकमा पूर्वअध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्वसंरक्षक रामप्रताप थापा छन्। बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरीयतामा राख्ने निर्णयसमेत गरेको छ। बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ