विश्वभर आज : अमेरिकी राजदूतको निवासभित्रै कोरियालीको आन्दोलन, कश्मीरमा मौन विरोध प्रदर्शन

2019-10-20
स्पेनमा पृथकतावादी आन्दोलनकारी

लण्डन - बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ‘ब्रेक्जिट’ सम्झौतामा सहमति जुटाउन आग्रह गरिरहँदा चर्को विरोध भइरहेको छ । दशौं हजार नागरिक ब्रेक्जिटको विरोधमा सडकमा उत्रिएका छन् ।

केही दिनअघि मात्रै जोन्सन ईयूसँग सहमति भएपछि उत्साही बन्दै अब स्थिति सामान्य बन्ने प्रतिक्रिया दिएका थिए । शनिबार सोही सहमतिमाथि मतदान गर्न संसदको विशेष बैठक बसेको छ ।

बोरिसले सहमतिमा समर्थन जुटाउन सांसदहरुलाई आग्रह गर्दैआएका छन् । तर विपक्षी दल लगायत आम नागरिक विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

साइबेरियन सुन खानीको बाँध फुट्दा ११ को मृत्यु, दर्जनौँ वेपत्ता
मस्को : साइबेरियामा रहेको एक सुनखानीको बाँध भत्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रास्नास्क सहरबाट १ सय ६० किलोमिटर दक्षिणी क्षेत्रमा रहेको सुन खानीमा यस्तो घटना भएको रुसी अनुसन्धान टोलीले यस्तो जनाएको हो ।

घटनामा १४ जना घाइते भएका छन् । साथै दर्जनौँ खानीका कामदार हराइरहेका छन् । घटनामा १४ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

कश्मीरमा मौन विरोध प्रदर्शन
श्रीनगर : भारत प्रशासित कश्मीरको स्वायत्तता खारेज भएको ७० दिनभन्दा धेरै भइसक्यो । भारत सरकारले हजारौँको संख्यामा सैनिक तैनाथ गरेको छ भने सञ्चार पनि पूर्ण रुपमा सञ्चालनमा आएको छैन ।

भारत सरकारको निर्णयको विरोध र स्वागतमा विभिन्न समूहले आआफ्नै किसिमका आन्दोलन गरे । यस क्रममा सयौँ कश्मिरीहरु हिरासतमा छन् । र यहाँको जनजीवन अझै सहज बन्न सकेको छैन ।

पछिल्लो समय यहाँ नागरिक अगुवा तथा राजनीतिज्ञहरुको पहलमा नयाँ किसिमको आन्दोलन भएको छ । श्रीनगर लगायत मुख्य सहरका पसलेहरु २ घण्टा मात्रै पसल खोलेर दिनभर सटर बन्द गर्छन् ।

अधिकांश स्कुल खाली छन् । ‘नागरिक अवज्ञा आन्दोलन’को रुपमा उनीहरुले मौन रुपमा विरोध जनाएका हुन् । पसलेहरु आम्दानी नै नभए पनि पसल बन्द गरेर विरोध जनाउँदैआएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

स्पेनमा २ सय पृथकतावादी आन्दोलनकारी घाइते
बार्सिलोना : स्पेनमा जारी काटालोनिया पृथकतावादी आन्दोलनलाई प्रदर्शनलाई प्रहरीले दबाउन खोज्दा २ सय प्रदर्शनकारी घाइते भएका छन् । पृथकतावादी कट्टरपन्थीहरुले निकालेको प्रदर्शनमा झडपको क्रममा उनीहरु घाइते भएका हुन् ।

प्रदर्शन दबाउन प्रहरीले रबरका गोली प्रहार गरेको थियो । गृह मन्त्रालयका अनुसार ८३ जना पक्राउ परेका छन् । केही सातायता बार्सिलोनामा दशौं हजारको संख्यामा मानिस प्रदर्शनमा उत्रिएका छन् ।

साउदी नागरिक लेबननबाट फर्किँदै
रियाद : साउदी अरेबियाले लेबननमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । यसका लागि लेबननस्थित साउदी राजदूतावासले आफ्ना नागरिकलाई फिर्ता जान सहजीकरण गरेको जनाएको छ ।

पर्यटक तथा साउदी आप्रवासीलाई साउदीले फिर्ता बोलाएको हो । लेबननमा पछिल्लो समय हिंसा बढेपछि साउदीले यस्तो निर्णय गरेको हो । शनिबार मध्हान्नसम्म मात्रै ३ सय साउदी नागरिक फिर्ता भइसकेको अरबन्युजले जनाएको छ ।

चिलीमा संकटकाल घोषणा
चिली : चिलीका राष्ट्रपतिले राजधानी सान्टियागोमा संकटकाल घोषणा गरेका छन् । सुरक्षा जिम्मा सैनिकलाई जिम्मा लगाउँदै आपतकाल घोषणा गरेका हुन् । पछिल्लो समय चर्किको प्रदर्शन हिंसामा रुपान्तरण हुँदै गएपछि राष्ट्रपति सेबास्सियन पिनेराले यस्तो घोषणा गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षाको जिम्मा मेजर जेनरल जाभियर इतुरियागा डेल काम्पोलाई लगाउँदै संकटकाल घोषणा गरेका हुन् । ‘मैले संकटकाल घोषणा गर्दै मेजर जेनरल जाभियरलाई राष्ट्रिय सुरक्षामा नियुक्त गरेको छु,’ राष्ट्रपति पिनेराले भने । शुक्रबारदेखि नै विभिन्न स्थानका प्रदर्शन प्रहरीसँग भिडन्त हुँदै हिंसात्मक बनेका छन् ।

अमेरिकी राजदूतको निवासमै छिरेर कोरियालीले गरे प्रदर्शन
सोल : अमेरिकी फौज आफ्नो देशमा छिरेको भन्दै दक्षिण कोरियाली विद्यार्थीहरु अमेरिकी राजदूतको निवासमै छिरेर प्रदर्शन गरेका छन् । यसरी प्रदर्शन गर्ने १९ प्रदर्शनकारीलाई यहाँको प्रहरीले पक्राउ गरेको छ ।

कोरियाका लागि राजदूत ह्यारी हरिसको निवासको पर्खालमा उक्लिएरै उनीहरु कम्पाउन्डमा छिरेका थिए । प्रदर्शनकारीको समूह सोलस्थित राजदूतको निवासमै छिरेका हुन् । उनीहरुले प्रदर्शनको क्रममा अमेरिकालाई आफ्ना फौज फिर्ता लैजान माग गरेका छन् ।

‘यो भूमि छोड, हरिस’ नारा लेखिएको ब्यानर समेत उनीहरुले प्रदर्शन गरेका थिए । प्रहरीका अनुसार २० जना जति कोरियन नागरिक राजदूत ह्यारीको निवासमा अवैध रुपमा छिरेका थिए । ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘बाहिर जाऊ’, ‘हामीलाई अमेरिकी फौज चाहिँदैन’ जस्ता नारावाजी गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ