एकै दिन सन्दिप क्रिकेटका दुई ठुला लिगमा अनुबन्ध, झन्डै २ करोडको कमाई

2019-10-17

काठमाडौं - स्टार क्रिकेटर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ र टी–१० लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टबाट सन्दीपलाई बुधबार राति बिर्मिङहाम फोनिक्सले अनुबन्धित गरेको हो । सन्दीपलाई फोनिक्सले एक लाख पाउण्डमा आफ्नो टिमा अनुबन्धित गरेको हो । योसँगै सन्दीपले करिब एक करोड ४६ लाख नेपाली रुपैयाँ पाउने छन् ।

१०० बलको ‘द हन्ड्रेड’ प्रतियोगिता क्रिकेट दुनियाँकै पहिलो नयाँ अवधारणामा खेलाउन लागिएको प्रतियोगिता हो । डबल राउण्ड रोविनको आधारमा हुने यो प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ ।

त्यस्तै, बुधबार राति नै सन्दीप अर्को प्रतियोगिताको लागि पनि अनुबन्धित भएका छन् । सन्दीप यूएईमा हुने टी–१० लिग क्रिकेटमा सन्दीपले दोस्रोपटक खेल्ने भएका हुन् । सन्दीपलाई कर्नाटकाले ४५ हजार अमेरिकी डलरमा आफ्नो टिममा भित्र्याएका छन् ।

योसँगै सन्दीप लामिछाने एकै दिन दुई वटा प्रतियोगितामा गरी करिब दुई करोड नेपाली रुपैयाँमा अनुबन्धित भएका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ