जापानमा ५० वर्षयताकै शक्तिशाली : मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो, १७ बेपत्ता

2019-10-14

टोकियो - जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको 'हागिबिस' नामक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २५ पुगेको छ। जापान सरकारले उद्धारका लागि दशौं हजार सैनिक तथा उद्धारकर्ता खटाएको छ। जापानी टेलिभिजन 'एनएचके'का अनुसार आँधीपछि करिब १७ जना हराइरहेका छन्।

आँधीले शनिबार राजधानी टोकियोमा बढी क्षति पुर्‍याएको र आँधी उत्तरतर्फ अघि बढेको जापानका मौसमविद्‌हरुले बताएका छन्। आँधीसँगै भएको वर्षाका कारण धेरै नदीहरूमा बाढी आएको र नदीको पानी बस्तीहरूमा पसेका कारण ठूलो धनजनको क्षति भएको हो।

'आँधीका कारण ३ लाख ७६ हजार घरहरूमा विद्युत आपूर्ति अवरूद्ध भएको, १४ हजार घरहरूमा खानेपानीको अभाव भएको छ,' चिफ क्याविनेट सेक्रेटरी योशिहिदे सुगाले बताए।

उद्धारकर्ता तथा जापानी अधिकारीले दिएको जानकारी अनुसार शनिबार साँझ आएको आँधीका कारण कैयौँ स्थानमा बाढी-पहिरो गएको र कतिपय बस्तीहरू डुवानमा परेका छन्।

सरकारले आँधीपछि २७ हजार सेना तथा स्वयंसेवक बललाई उद्धार र राहतका लागि खटाएको जनाएको छ। भू-संरचना, यातायात तथा पर्यटन मन्त्रालयले दिएको जानकारी अनुसार आँधीपछि विभिन्न १२ राज्यका कम्तीमा ४८ स्थानमा पहिरो गएको र २१ नदीमा बाँध फुटेका कारण ठूलो क्षति भएको छ।

स्थानीयहरूले आँधी विगत ५० वर्षयताकै शक्तिशाली भएको बताएका छन्। आँधीको प्रभाव सबैभन्दा धेरै नागानो राज्यमा परेको बताइएको छ। अधिकारीले आँधीपछि नागानो र छिमेकी राज्यका सहरहरूका बासिन्दालाई सुरक्षाका लागि अझै सावधानी अपनाउन निर्देशन गरेको छन्।

नागानो क्षेत्रमा विश्वमै प्रसिद्ध जापानी बुलेट ट्रेनमा समेत क्षति पुगेको छ। नागानो क्षेत्रमा चल्ने बुलेट रेलहरू डुवानका कारण अहाल अवरूद्ध छन्। रेल कम्पनीका अनुसार १० वटा रेलका १ सय २० डब्बाहरूमा क्षति पुगेको छ।

मन्त्रालयका अनुसार कतिपय बस्तीहरूमा बाढीको पानी करिब पाँच मिटरसम्म जमेको बताइएको छ भने त्यहाँका बासिन्दाले उद्धारका लागि घरका तलाहरूबाट हात हल्लाएर अनुरोध गरेका भिडियोहरू टेलिभिजन तथा सामाजिक सञ्जालमा देखिएका छन्।

जापानको मौसम विज्ञानसम्बन्धी निकायले टोकियो र प्रभावित १२ वटै राज्यमा भारी वर्षा हुने सम्भावना रहेको बताउँदै नदी वरपरका क्षेत्रमा सतर्क बन्न सूचना जारी गरेको छ। आइतबारसम्म आँधीको प्रभाव निकै कम भएको बताइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ