चीन-नेपाल सहमति : सगरमाथाको उचाई संयुक्त रुपमा नापेर घोषणा गर्ने

2019-10-13

काठमाडौं - नेपाल र चीनबीचमा भएको १४ बुदेँ संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ। दुवै देशको सीमा छुट्टाउने विश्वकै अग्लो सगरमाथाका विषयमा दुई देशको संयुक्त वक्तव्यको बुदाँ नम्बर ८ मा अटाएको छ।

उक्त बुदाँमा नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति उल्लेख छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथालाई नेपाल र चीन मित्रताको प्रतीक भएको स्वीकार गरिएको छ।

जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ। सीले रात्रीभोजको आफ्नो सम्बोधनमा पनि जलवायु परिर्वतनको मुद्दामा चीन नेपालसंगै रहेको भनेका थिए।

उनले यो मुद्दामा नेपाली चासो र चिन्तालाई जायज भएको भन्दै ढाडस दिन खोजेका थिए। केही दिन पहिले नेपालले सरकारी टोली खटाएर सगरमाथाको उचाई नाप्ने कार्य काम गरेको थियो। उक्त समितिले प्रतिवेदन तयार गरिरहेको छ।

यही अवस्थामा भएको चिनियाँ उच्च तहको भ्रमणमा दुवै देशले संयुक्त रुपमा घोषणा गर्ने समहति भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ