सिरियल किलर जसले ३५ वर्षमा ९० जना भन्दा बढी महिलाको हत्या गरे

2019-10-09

वासिङटन - एउटै व्यक्तिले ९० जना भन्दा बढीको शृंखलाबद्ध हत्या। पत्याउनै गाह्रो पर्ने यो खबर सत्य हो। हाल जेलमा रहेका सामुएल लिटल नामका व्यक्ति अमेरिकी इतिहासमै सबैभन्दा खतरनाक 'सिरियल किलर' रहेको अमेरिकी अनुसन्धान संस्था एफबीआईले जनाएको छ।

एफबीआईका अनुसार एक सिरियल किलरले ९० जनाभन्दा बढी महिलाको हत्या गरेका छन्। सामुएल लिटल नाम गरेका ती सिरियल किलरले सन् १९७० देखि २००५ भित्र महिलाको हत्या गरेको बताइएको छ।

आइतबार विज्ञप्ति प्रकाशित गर्दै एफबीआईले सामुएलले गरेको हत्या कबुल विश्वसनीय रहेको बताएको छ। यसबीच ५० जनाको हत्या उनैले गरेको पुष्टि भइसकेको पनि विज्ञप्तिमा उल्लेख भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्।

७९ वर्षीय सामुएलले भने आफूले ९३ जना महिलाको हत्या गरेको बताएका छन्। उनी सन् २०१२ देखि जेलमा रहेका छन्।

मारिएकामध्ये केही महिलाहरू सीमान्तकृत समुदायका रहेका छन्। मारिनुका धेरैजसो अप्रत्यासित कारणहरू रहेका थिए। मारिएका कतिपय महिलाको अहिलेसम्म शव पत्ता लागेका छैनन्।

एफबीआईले उपलब्ध गराएका ३० स्केच सामुएल आफैँले कोरेका हुन्। ती स्केचमा अधिकांश काला जातिका महिलाहरू रहेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ