यु-१८ साफ : बंगलादेशलाई हराउँदै भारतले जित्यो उपाधि

2019-09-29

काठमाडौं - यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराउँदै भारतले उपाधि जितेको छ। तीन रातो कार्ड देखाइएको तनावपूर्ण खेलमा इन्जुरी समयमा गोल गर्दै भारतले उपाधि जितेको हो। त्यसअघि पहिलो हाफमा दुवै टिमले एक–एक गोल गरेका थिए।

हल्चोक मैदानमा भएको खेलको दोस्रो मिनेटमा नै बिक्रम प्रतापको गोलमार्फत भारतले अग्रता बनाएको थियो। ३८ औँ मिनेटमा बंगलादेशका यासिनले गोल फर्काउँदै खेल बराबरी गरेका थिए।

खेलको २३ औँ मिनेटमा भारतीय खेलाडीमाथि फोउल हुँदा मैदानमा तनावको स्थिति सिर्जना भएको थियो। दुवै टिमका खेलाडीहरु धकेलाधकेल गरिरहँदा रेफ्रिलाई अवस्था साम्य पार्न केही समय लाग्यो। जसमा रेफ्रिले बंगलादेश र भारतका एक–एक खेलाडीलाई रातो कार्ड देखाएका थिए।

गोलपछिको सेलिब्रेसनमा जर्सी सारेर टाउकोनेर लगेका बंगलादेशका कप्तान एसिन अराफतलाई रेफ्रीले पहँेलो कार्ड देखाएका थिए। त्यसअघि नै पहेँलो कार्ड पाएका उनी दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खान पुगे। तर लामो समय उनी मैदानबाट बाहिर निस्कन मानेनन्। बंगालदेशका खेलाडी र प्रशिक्षकले केही मिनेट रेफ्रीको निर्णयको विरोध गरे पनि अन्ततः उनी मैदानबाट बाहिरिएका थिए।

९ जनामा सीमित बंगलादेशी खेलाडीले अन्तिमसम्म सम्हालिएर खेले पनि इन्जुरी समयमा भने गोल खान पुगेको थियो। आइतबार नै भएको खेलमा भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो भएको छ। सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा माल्दिभ्स १–० ले विजयी भएको हो।

भारतले उपाधि जितेसँगै यु १८ साफमा नयाँ विजेता भएको छ। यसअघिका दुवै संस्करण नेपालले जितेको थियो। प्रतियोगिताकै सबैभन्दा सफल टोली नेपाल यसपटक समूह चरणबाट नै बाहिरिएको थियो।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो। दोस्रो खेलमा भने नेपाल भुटानसँग ३–० ले पराजित भएको थियो।

२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथ पाए पनि सोचेअनुसार खेल्न सकेन। २०१७ को यु १८ साफमा समूह चरणमा भुटानसँग १–० ले पराजित भए पनि नेपालले उपाधि जित्न सकेको थियो। यसपटक भने भुटानसँगको हार नै समूह चरणबाट बाहिरिन पर्याप्त भयो।

त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ