2019-09-28 |
पारस खड्काको विस्फोटक शतककाे मद्दतले नेपालले नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ ।
त्रिकाेणात्मक सिरिज अन्तर्गत घरेलु टोली सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । ९ रन हुँदा इशान पाण्डे आउट भएपछि क्रिजमा आएका आरिफ शेखले कप्तान पारसलाई गतिलो साथ दिए । पारसले २९ बलमा अर्धशतक बनाएका थिए ।
आक्रामक पारी खेलेका पारसले ९ छक्का र ७ चौका प्रहार गरे । कप्तान खड्का ५२ बलमा १०६ रनमा नट आउट रहे । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाए ।
इण्डियन एसोसिएशन मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले सिंंगापुरले २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।
सिंंगापुरका लागि टिमोथि डेभिडले अविजित ६४ रनको योगदान दिए । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ रतथा जनक प्रकाशले अविजित २५ रन मनप्रित सिंंहले १५ रन जोडे ।
बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए । यसअघि हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...