चालू आर्थिक बर्षको दुई महिनामै १ अर्ब ३२ करोड रकमान्तर

2019-09-21

काठमाडौं - सरकारले आर्थिक वर्षको पहिलो दुई महिनामै ठूलो परिमाणमा बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार, साउन र भदौ महिनामा मात्र १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर भएको छ ।

भदौमा मात्र १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रकमान्तर भएको मन्त्रालय स्रोतले बतायो । यो रकमान्तर आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारी र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि गरिएको छ ।

मन्त्रालयको विवरणअनुसार निर्वाचन आयोगले भैपरी आउने खर्चबाट २५ करोड रुपैयाँ साधारण प्रशासनका लागि रकमान्तर निकासा लिएको छ । यो रकम उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि निकासा भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

आगामी मंसिर १५–२४ सम्म काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि कूल ९५ करोड रकमान्तर निकासा भएको छ । त्यो रकममध्ये ५५ करोड रुपैयाँ राष्ट्रिय टिमको तयारी, खेल सामग्री खरीद, समारोह व्यवस्थापन, आवास व्यवस्थापनलगायतमा खर्च हुने छ । सागमा पूर्वाधार निर्माणका लागि ४० करोड रकमान्तर निकासा गरिएको छ ।

कालीमाटी–कुलेश्वर–बल्खु सडक विस्तारका क्रममा बिस्थापित भएकालाई क्षतिपूर्ति गराउने प्रयोजनमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ८२ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

साउनमा भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि रकमान्तर भएको थियो ।

सरकारले भदौ महिनामा विभिन्न व्यक्तिलाई १ करोड १९ लाख रुपैयाँ बाँडेको छ । त्यसमध्ये गुरूमा धम्मावतीको उपचारका लागि भन्दै गृह मन्त्रालयका नाममा ३ लाख ३५ हजार निकासा भएको छ ।

यसबाहेक नुवाकोटको दुप्चेश्वरमा भएको दूर्घटनाको घाइतेका उपचार, निर्मला पन्त काण्डको क्रममा घाइते भएकाको उपचारमा समेत रकम छुट्याइएको छ । झापा, सर्लाहीका करीव दुई दर्जन व्यक्तिका नाममा १ करोड रुपैयाँ हाराहारी निकासा भएको छ ।

संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि सरकारले २ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा दिएको समेत अर्थ मन्त्रालयले जानकारी दिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ