विश्वघटना : अफगानिस्तानमा राष्ट्रपतिलाई लक्षित गर्दै हमला, अमेरिकालाई इरानको चेतावनी

2019-09-18

तेहरान - इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खामेनीले अमेरिकासँग अमेरिकासँग वार्ता नहुने चेतावनी दिएका छन् । साथै तेहरानमाथि दबाव दिने अमेरिकी दबावको नीति पनि असफल हुने उनको दावी छ ।

‘इरानविरुद्ध चर्को दबावको नीति निकम्मा छ,’ खामेनीले टेलिभिजनमा अन्तर्वार्ता दिँदै यसो भनेका हुन् । उनले थपेका छन्, ‘इरानका सबै अधिकारीहरुलाई विश्वास छ कि, अमेरिकासँग कुनै पनि तहमा वार्ता हुनेछैन ।’

यदी वासिङ्टनले आफ्नो व्यवहार परिवर्तन गरेर २०१५ को परमाणु सम्झौतामा फर्किएको खण्डमा इरान अन्य समूहसहितको वहुपक्षीय छलफलमा सहभागी हुनसक्ने उनको अडान छ ।

अमेरिका–उत्तर कोरिया वार्ता यसकारण अन्योलमा
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उत्तर कोरिया भ्रमणको तयारी तत्कालका लागि सम्भव देखिएको छैन । उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

‘सम्बन्ध निकै राम्रो छ, तर म त्यसमा प्रतिक्रिया दिन चाहन्न’ ट्रम्पले पत्रकारहरुसँग भनेका छन् । उत्तर कोरियाली नेताले ट्रम्पलाई भ्रमणको निम्तो दिएको समाचार आएपछि यसबारे पत्रकारहरुले ट्रम्पको प्रतिक्रिया खोजिरहेका छन् । ट्रम्पले आफ्नो कोरिया भ्रमण ‘कुनै समयमा वा भविष्यमा’ हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

तर किम कहिले अमेरिका आउने भन्ने कुरामा निर्भर रहने बताएका छन् । तर भ्रमणका लागि अहिले नै तयारी अवस्था नभएको उनको भनाइ थियो । दक्षिण कोरियाको पत्रिकाले सोमबार मात्रै उत्तरका नेता किमले ट्रम्पलाई भ्रमणको निम्तो दिएको उल्लेख गरेको छ । ट्रम्पले भने तत्कालै भ्रमण ‘सम्भवतः नहुने’ बताए ।

जब कि, किमले अगस्ट तेस्रो हप्ताका लागि उत्तर आउन भन्दै ट्रम्पलाई पत्र पठाएको मिडियाले जनाएका छन् । तर ट्रम्पले यसअघि नै किमबाट ‘सुन्दर पत्र’ आएको बताएका थिए ।

ट्रम्प र किमले गत वर्ष जुन महिनायता तीन पटक भेटवार्ता गरिसकेका छन् । अघिल्लो दुई भेटवार्ता औपचारिक थिए । दोस्रो भेट फेब्रुअरीमा भियतनाममा भएको थियो । यस्तै तेस्रो पटक जुन ३० मा दुई कोरियाको सीमास्थित गैरसैनिक क्षेत्रमा उनीहरुको भेट भएको थियो ।

अफगानिस्तानमा राष्ट्रपतिलाई लक्षित गर्दै तालिबानी हमला, ३० जनाको मृत्यु
काबुल : अफगानिस्तानमा राष्ट्रपतिले सम्बोधन गर्ने र्‍यालीलाई लक्षित गर्दै भएको बम हमलामा ३० जना मारिएका छन् । यही सेप्टेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचन र्‍यालीलाई लक्षित गर्दै तालिबानी समूहले बम हमला गरेको थियो ।

मंगलबार राष्ट्रपति असरफ घानीले उक्त सभालाई सम्बोधन गर्ने तालिका थियो । सम्बोधनअघि नै त्यहाँ हमला गरिएको हो । तालिबानले पछिल्लो एक महिनाभित्रै तीनवटा भन्दा धेरै हमला गरिसकेको छ ।

अमेरिकासँग वार्ताको तयारी भइरहँदा तालिबानी समूहले श्रृंखलाबद्ध हमला गर्न थालेको हो । उसको हमलापछि नै अमेरिकाले वार्ता स्थगित भएको जनाएको थियो ।अफगानिस्तानमा आगामी सेप्टेम्बर २८ मा हुने भनिएको राष्ट्रपतीय निर्वाचन हुन नदिने तालिबानीले चेतावनी दिँदैआएको छ ।

अमेरिकामा लाखौं महिलाले स्वीकार गरे : पहिलो यौन सम्पर्क ‘बलात्कार’ थियो !
वासिङ्टन : अमेरिकामा हालै सार्वजनिक एक रिपोर्टका अनुसार हरेक १६ महिलामध्ये एकको पहिलो यौन अनुभव ‘बलात्कार’ हुने खुलासा भएको छ । अनुसन्धानमा सहभागी महिलाहरुले किशोरावस्थामै आफ्नो पहिलो यौन अनुभव पुरुषबाट ‘बलपूर्वक’ र ‘हिंस्रक’ हुने बताए ।

साथै त्यस्तो अनुभवले स्वास्थ्य समस्या निम्त्याउने पनि उनीहरुको अनुभव रह्यो । झण्डै ७ प्रतिशत महिलाहरुमाथि गरिएको उक्त अध्ययनमा महिलाहरुले आफ्नो अनुभव सुनाएका हुन् ।

उनीहरुले आफ्नो पहिलो यौन अनुभव इच्छाविपरीत हुने बताएका थिए । अनुसन्धाता डा. लौरा हक्सका अनुसार इच्छा विपरीत हुने यस्ता यौन सम्पर्क ‘बलात्कार’ हुन् । ‘पहिलो यौन सम्पर्कमै बलात्कार हुनु भनेको महिलाले यौनमा आफ्नो हक गुमाउनु हो,’ हक्सले भनिन् । यस्ता सम्बन्धले महिलालाई मानसिक र शारीरिक समस्या निम्त्याउनसक्ने हक्सको भनाइ छ ।

यस्तो खोजको तथ्य यही सोमबार ‘जामा इन्टरनल मेडिसिन’ नामको जर्नलमा प्रकाशित छ । यस्तै निरन्तर यौन शोषणका असरले सामाजिक वहिस्करण सिर्जना हुने अन्य अध्ययनले देखाएका छन् । जर्नलमा प्रकाशित रिपोर्ट अनुसार अनुसन्धानमा लाखौं महिला सहभागी थिए ।

जहाँ ‘तिम्रो पहिलो यौन सम्पर्क तिम्रो आफ्नै इच्छा अनुसार थियो त ?’ भनेर सोधिएको थियो । जवाफमा धेरैले पहिलो सम्पर्क इच्छा विपरीत भएको बताएका थिए । अमेरिकाबाटै केही वर्षयता सुरु भएको ‘मि टू’ अभियान विश्वभर फैलिएको छ ।

साउदी आक्रमणमा इरानको हात भएजस्तो देखिन्छ : ट्रम्प
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियामा भएको हमलामा इरानको हात रहेको आशंका गरेका छन् । ट्रम्पले भनेका छन्, ‘तत्कालै यो घटना त्यस्तै देखिन्छ । र हामी तपाईँहरुलाई जानकारी गराउछौँ । सकेसम्म चाँडै हामीले पत्ता लगाएपछि । तर यो त्यस्तै देखिन्छ ।’

विश्वकै ५ प्रतिशत तेल उत्पादन गर्ने प्यानलमाथि यही साता ड्रोन हमला भएको थियो । यमनी विद्रोही हाउठी समूहले उक्त हमलाको दावी गरेको थियो ।
साउदीको उक्त घटनापछि विश्व अर्थतन्त्रमा नै असर पर्ने बताइएको छ ।

फिलिपिन्समा सडक दुर्घटनामा २० को मृत्यु
मनिला : फिलिपिन्समा मंगलबार भएको ट्रक दुर्घटनामा २० जनाको मृत्यु भएको छ । बालबालिका सहितको समूहलाई ट्रकले समुद्रकिनारबाट घरतर्फ ल्याउँदै थियो ।
खराब सडकका कारण गाडी ब्रेक फेल भइ पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिने जनाएको छ । प्रारम्भिक अवस्थामा मृतकको संख्या १५ थियो ।

जापानी प्रधानमन्त्री र इरानी राष्ट्रपति भेटवार्ता गर्दै
टोकियो : जापानका प्रधानमन्त्री सिन्जो अबेले इरानी राष्ट्रपतिसँग भेट गर्ने बताएका छन् । यही महिनाको अन्त्यमा इरानी राष्ट्रपति हसन रौहनीसँग भेट्ने मंगलबार जानकारी दिएका हुन् ।

मध्यपूर्वी क्षेत्रमा पछिल्लो समय बढेको तनाबका बीच सिन्जोले भेट गरी छलफल गर्ने जनाएका हुन् । जापानी टेलिभिजन एनएचकेले यसबारे उल्लेख गरेको छ । साउदीमा हमलापछि विश्व अर्थतन्त्रमै खतरा देखिने अन्तर्राष्ट्रिय मिडियाको टिप्पणी छ ।

इरानमा समातिएका अष्ट्रेलियन नागरिकमाथि मुद्दा
तेहरान : इरानमा पक्राउ परेका तीन अष्ट्रेलियन नागरिक जासुसी भएको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार इरानको न्यायालयले उनीहरुलाई दुई फरक मुद्दा दर्ता गरेको छ ।

तेहरानका अधिकारीहरुका अनुसार अष्ट्रेलियन नागरिकमध्ये दुईले ड्रोनबाट सैन्य क्षेत्रका तस्बिर खिच्दैगरेको आरोप लगाइएको छ । गत हप्ता मात्रै उनीहरु इरानमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुईजना ‘ट्राभल ब्लगर’ र एकजना विश्वविद्यालयका प्राचार्य भएको पुष्टि भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ