अब एटीएमबाट एक दिनमा ६० हजार मात्रै निकाल्न मिल्ने

2019-09-06

काठमाडौं - चिनियाँ ह्याकरले एटीएमबाट पैसा चोरेपछि नेपाल राष्ट्र बैंकले अब एक दिनमा एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न मिल्ने निर्णय गरेको छ। राष्ट्र बैंकको निर्णयसँगै एटीएमबाट अब एक दिनमा पाँच सयदेखि ६० हजार मात्रै निकाल्न पाइन्छ।

यसअघि एक लाखसम्म निकाल्न मिल्ने व्यवस्था थियो। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।

विज्ञप्तिमा उल्लेख भए अनुसार एकपटकमा अधिकतम् २० हजार र एक दिनमा ६० हजार निकाल्न मिल्ने जानकारी गराएका हुन्। यसअघि एक दिनमा चार पटक गरेर २५–२५ हजारका दरले एक लाख निकाल्न मिल्थ्यो।

एटीएम प्रकरण : तीन नेपाली सहित चारजना पक्राउ
प्रहरीले एटीएम ह्याक प्रकरणमा चिनियाँ नागरिक लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ यूनछिङ, छन पिनपिनको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १०८ अमेरिकी डलर, १ हजार ९१ चाइनिज मुद्रा, २५० युरो, ५ हजार कम्बोडियन र ८० हङकङ डलर बरामद गरेको थियो । राष्ट्र बैंकको पछिल्लो विवरण अनुसार चोरले करिब ३ करोड भन्दाबढी नेपाली रुपैयाँ एटीएमबाट निकालेका हुन् ।

चोरको साथबाट १३२ वटा नक्कली भिष कार्ड, १७ वटा सक्कली भिषा कार्ड, एउटा कार्ड प्रिन्टर मेसिन, मोबाइल ६ वटासमेत प्रहरीले बरामद गरेको थियो । उनीहरुले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न एटीएम बुथबाट पैसा निकालेको पाइएको थियो । तर, कार्ड भने प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमई, सनराइज बैंकको प्रयोग भएको प्रहरीले जनाएको छ। शनिबारको दिन ५ घण्टासम्म चोरले पैसा झिक्ने काम गरेका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ