विश्व घटना : चीनको संकटदेखि अमेरिकी-इरान तनाव उत्कर्षमा

2019-09-04

बेइजिङ - चिनियाँ राष्ट्रपति सि जिन पिङले चीन यतिबेला ‘एकीकृत जोखिम’मा फसेको बताएका छन् । आर्थिक, राजनीतिक र कुटनीतिक चुनौतीसँग चीन जुध्नुपर्ने उनले बताए ।

७०औं वार्षिकोत्सवका अवसरमा विशाल सैन्य परेडका बीच उनले मंगलबार यस्तो बताएका हुन् । पछिल्लो समय अमेरिकासँग व्यापार युद्ध चलिरहँदा सिले यस्तो बताएका हुन् । साथै पार्टीको केन्द्रीय स्कुल विभागका नेताहरुको सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधिनता, सुरक्षाका लागि संघर्ष गर्नुपर्ने बताए ।

इमरान खानको भारत अनुभव : हिन्दुस्तानमा यति सम्माम मिल्यो कि म त हैरान भएँ
इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग जोडिएका आफ्ना अनुभुति सार्वजनिक गरेका छन् । उनले भारतमा आफू सम्मानित भएको महसुश गरेको बताए । खानले कुनै पनि धर्मले अत्याचारको अनुमति नदिने भन्दै हिन्दू धर्ममा पनि त्यस्तो नभएको बताए ।

बिबिसी हिन्दीका अनुसार लाहोरमा उनले अन्तर्राष्ट्रिय शिख सम्मेलनमा उनले यस्तो मन्तव्य दिएका हुन् । जहाँ उनले हिन्दुस्तान, शिख र कश्मीर जस्ता विषयमा आफनो धारणा राखेका थिए । उनले भने, ‘जब म पहिलो पटक क्रिकेट खेल्न हिन्दुस्तान गएँ एक अलग किसिमको मुलुक पाएँ, त्यहाँ मलाई खुबै सम्मान, प्यार, इज्जत दिइयो । यो देखेर म अचम्ममा परेँ, यति धेरै नकारात्मक भावना थियो, दुश्मनको मुलुक सम्झिरहेको थिएँ । तर मैले यति धेरै इज्जत पाएँ । आज पनि मेरा केही साथी छन् ।’
उनले आफू प्रधानमन्त्री बनेपछि भारतसँग सम्बन्ध विस्तार गर्न चाहेको बताए ।

दक्षिण अफ्रिकामा हिंसात्मक आन्दोलन
जोहानेसबर्ग : दक्षिण अफ्रिकामा विदेशी–विरोधी आन्दोलन भड्कीएको छ । प्रदर्शनमा उत्रिएका मानिसले जोहानेसबर्गस्थित विदेशीले सञ्चालन गरेका पसल तोडफोड गर्नुका साथै आगलागी समेत गरेका छन् ।

प्रहरीले यस्तो प्रदर्शनलाई हिंसा भड्कीएको जनाएको छ । प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले रबर गोली चलाउनुका साथै अश्रुग्यास प्रहार गरेको छ । साथै दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । खासगरी सहरको व्यापारिक केन्द्रमा हिंसात्मक प्रदर्शन भएको हो । दर्जनौँ पसल तोडफोड हुनुका साथै लुटिएको छ । जोहानेसबर्गस्थित सोमबार सयौँ मानिस सडकमा ओर्लिएमा थिए । साथै विदेशीलाई यहाँको व्यापारबाट निकाल्नुपर्ने उनीहरुको माग छ ।

अफगानिस्तानबाट सेना फिर्ता गर्ने अमेरिकाको तयारी
वासिङ्टन : अमेरिकाले अफगानिस्तानबाट ५ महिनाभित्र आफ्ना सेना फिर्ता लैजाने तयारी गरेको छ । यसबारे तालिबान लडाकु समूहसँग एक सहिमति नै भएको बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी राजदूतले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सहमतिको विवरण समेत सार्वजनिक गरेका थिए । तर उनको अन्तर्वार्ता प्रशारण भएकै समयमा काबुलमै तालिबानी समूहले दर्जन बढीको ज्यान जाने गरी एक आत्मघाती हमला गरेका छन् । यसअघि नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने घोषणा गरिसकेका थिए ।

अमेरिकासँग वार्ता नगर्ने इरानको घोषणा
तेहरान : इरानी राष्ट्रपति हसन रौहनीले अमेरिकासँगको वार्ता अस्वीकार गरेका छन् । साथै उनले केही दिनमै अमेरिकासँगका सम्झौता रद्द गर्ने चेतावनी पनि दिएका छन् । मंगलबार संसदलाई सम्बोधन गर्दै रौहनीले यस्तो बताएका हुन् ।

यदी अमेरिकाले सबै प्रतिबन्ध फकुवा गरेपछि मात्रै सामूहिक वार्ता सम्भव भएको उनको भनाइ थियो । ‘सायद गलत बुझाइ पनि हुन सक्छ, हामीले धेरै पटक भनेका छौँ र हामीले दोहोर्याएका छौँ कि, अमेरिकासँग दुईपक्षीय वार्ताको कुनै निर्णय भएको छैन,’ रौहनीले भने । उनले भनेका छन्, ‘सैद्धान्तिक रुपमै हामी अमेरिकासँग वार्ता चाहँदैनौँ ।’ अमेरिका र इरानबीच गत वर्ष मे महिनादेखि तनाब बढ्दैगएको छ ।

डुंगामा आगोलागी हुँदा २५ को ज्यान गयो
वासिङ्टन : अमेरिकाको क्इालिफोर्नियास्थित डुंगामा आगोलागी हुँदा २५ जनाको ज्यान गएको छ । सुरक्षा अधिकारीहरुका अनुसार प्रारम्भीक चरणमा २० जनाको मात्रै शव भेटिएको थियो । पछि थप पाँचको शव भेटिएको हो । डुंगामा आगोलागी हुँदा पाँचजना बाँच्नका लागि भागेका थिए । यस क्रममा क्र्यू सदस्यहरुको एक समूहलाई भने उद्धार गरिएको थियो । अमेरिकामा सोमबार राति यस्तो घटना भएको हो ।

अमेरिकी सेना फिर्ताको सहमतिसँगै तालिबानी हमला
काबुल : अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती बम हमला हुँदा १६ जना मारिएका छन् । अरु एक सय भन्दा धेरै घाइते छन् । तालिबानी समूहले आक्रमणको जिम्मा लिएको छ । ग्रिन भिलेज नजिकै आवासीय क्षेत्रमा बम हमला भएको हो ।

अफगानिस्तानको मुख्य टेलिभिजन तोलो युजले अमेरिकी राजदूत जालमे खालिलजादसँग अन्तर्वार्ता लिइरहँदा उक्त हमला भएको थियो । अन्तर्वार्ताको क्रममा राजदूत खालिलजादले अफगानिस्तानबाट सेना फिर्ता गर्ने तयारीबारे कुरा गरिरहेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ