2019-09-02 |
सर्वहारा अधिनायक्त्वविना कुनै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टी बन्नै सक्तैन किनकि त्यो पार्टीले साम्यवादसम्मको यात्रा तय गर्नै सक्तैन भन्ने मालेमावादको सार रहेको छ ! मालेमावादी गुरुहरुले यस्लाई एक यस्तो अनिवार्य र आधारभूत तत्व बताउनु भएको छ कि यस्ले नै कम्युनिस्ट पार्टिलाई अन्य पुँजीवादी पार्टिहरुबाट भिन्न बनाउँछ । साथै उहाँहरुले त्यो अधिनायकत्व जनवादमा निर्मित, आधारित र संचालित मात्र हुने होइन, बरु अझ बढी धेरै, उच्च, सच्चा, जीवन्त र पूर्ण जनवाद प्राप्तिको दिशामा उन्मुख र केन्दृत हुनुपर्छ भन्नेमा विचार र कार्य दुवै दृष्टिले जोड दिंदै आउनु भएको छ ! त्यसैले पुँजीवादीहरुले मालेमावादका सिद्धान्तहरुमध्ये सबभन्दा बढी आक्रमण यही सर्वहारा अधिनायकत्वमाथी नै गर्दै आएका हुन् ।
सर्वहारा अधिनायकत्वको मुख्य र अन्तिम गन्तव्य बैज्ञानिक समाजवाद-साम्यवाद हो र प्रकारान्तरले अन्तत: र सारत: सर्वहारा जनवाद सर्वजनवाद नै हो ! तथापी यस्लाई बुझ्ने र अभ्यास गर्ने विचार र विधिमा धेरै भिन्नताहरु र विपरीतताहरु पाइन्छन् ! सरसर्ती हेर्दा के देखिन्छ भने अधिनायकत्व भनेको Dictatorship हुनाले यसले जनवाद अर्थात Democracy को निषेध गर्छ र यी दुई विपरीत भएकोले एकले अर्कालाई निषेध गर्दछन् भन्ने बुझाइ त्रुटिपूर्ण छ । वास्तवमा सर्वहारा जनवाद र सर्वहारा अधिनायकत्वबिच द्वन्द्वात्मक सम्बन्ध छ र यी दुई कुराहरु तल र माथी, नदीका दुई किनार, बिहान र साँझ जस्ता आपसमा अन्तर्सम्बन्धित, अन्योन्याशृत र परिपूरक दुई पक्ष हुन् ! एकको अभाव वा निषेधमा अर्काको अर्थ, औचित्य, अस्तित्व र महत्व केही हुदैन ! तथापी अधिनायकत्व जनवादको जगमा बन्ने र जनवादको प्राप्ती, संरक्षण र सम्बर्द्धन लक्ष लिई यसै दिशामा उन्मुख र केन्दृत हुने हुनाले जनवाद मुख्य र साध्य हो भने अधिनायकत्व सहायक र साधन हो । साथै जनवादलाई सुदृढ, विकास र विस्तार गरी सर्वव्यापी बनाउन केही निस्चित समयको लागि अधिनायकत्व अनिवार्य हुन्छ ! तथापी/त्यसैले अधिनायकत्व संक्रमणकालीन, आवधिक, अस्थायी र शर्तबद्ध हुन्छ भने जनवाद दीर्घकालीन /सार्वकालिक, स्थायी र नि:सर्त हुन्छ ।
तर विश्व कम्युनिस्ट आन्दोलनमा जनवाद र केन्द्रीयता/अधिनायकत्व दुवैबारेका बुझाइमा दुई थरी अतिवादी बुझाइ र अभ्यास हुँदै आएको छ । फलतः बीसौं शताब्दीको साठि-सत्तरीको दसकसम्म कुर्लेको र उर्लेको कम्युनिज्मको वाणी र बाढी आज सामसुम जस्तै भएको छ ! यद्यपि कम्युनिस्ट नामका केही पार्टीहरु अहिले केही नगण्य देसमा सत्ता वा सरकारमा छन् , तथापी साम्यवाद (कम्युनिज्म) लक्ष-उद्देश्य नभएका कम्युनिष्ट पार्टी, सरकार वा सत्ताको खासै अर्थ र औचित्य हुदैन !
आज जनवाद र अधिनायकत्वबारेको बुझाइ र ब्यवहारमा रहेको अतिवादी गल्ती यो हो कि यी दुईलाई अलग-अलग, स्वतन्त्र र निरपेक्ष रुपमा बुझ्ने गरिएको छ । क्रान्तिपूर्वको कमजोर अवस्था, क्रान्तिकालको गम्भीर र संवेदनशील अवस्था र अव्यवस्था अनि क्रान्तिलगत्तैको हौसिएको संक्रममणकालीन र जटिलतम अवस्था र व्यवस्थाको विशिष्टतामा जनवाद र केन्द्रीयता वा अधिनायकत्वको प्अभ्यास केही भिन्न तरिकाले गर्नुपर्ने हुन्छ । साथै क्रान्तिपस्चातको स्थितिमा पनि अत्यन्त जिम्मेदारी, वफादारी र इमान्दारीपूर्वक जनसेवा डेलिभरी गर्दै जनताका बढ्दा आकाङ्क्षा र अपेक्षाको चाप, क्रान्तिकारी र प्रतिक्रान्तिकारी दुवैले पुराएको क्षतिको आहतमा राहत दिने ताप अनि ध्वंसको पुनर्निर्माणसहित देसभित्रको क्रान्तिलाई भिन्नरुपमा (मूलतः शान्तिपूर्ण रुपमा) र अन्तर्राष्ट्रिय क्रान्तिलाई भिन्न रुपमा ( राजनीतिक, कूटनीतिक र फौजी तीनै रुपमा ) कम्युनिज्मको उद्देश्यअनुरुप अघि बढाउनै पर्ने सैद्धान्तिक र व्यावहारिक बाध्यात्मक राप एवम् नेता-कार्यकर्ता र जनता समेतमा बढ्दै जाने सत्ता, शक्ति र सुबिधाको भोक, शोख, भोग र यिन्ले जन्माएको अहंकार र उन्मादले पैदा गरेको सन्ताप समेतलाई सम्बोधन गर्नु पर्ने गम्भीरतम र गहनतम आवश्यकतालाई सही रुपमा संझन र समाधान गर्न सक्नु महान काम हो तर त्यो हुन सकेको पाइन्न जो ठूलो भूल वा अभाव हो, जस्को परिणाम गम्भीर भएको, देखिएको र भोगिएको विडम्बनापूर्ण अवस्था छ ।
जनवाद र अधिनायकत्वबारेका उपरोक्त कमीकमजोरीका कारण पार्टी र राज्यमा केही उल्लेख्य अतिवादी गल्तीहरु हुन पुग्छन् । ती हुन् - जनवादको माग गर्दा अराजकता र विभाजनसम्म पुग्ने र अधिनायकत्वको माग वा अभ्यास गर्दा निरंकुशता र दमनसम्म पुग्ने !
यसैगरी, सर्वहारा अधिनायकत्वलाई व्यवहारमा प्रयोग गर्दा देखिने अर्को रुप पनि विचित्रकै छ ! त्यो हो सर्वहारा अधिनायकत्वलाई वर्गको स्थायी अधिनायकत्वको रुपमा मात्र बुझ्ने र यसको उपयोग वर्गको नामबाट कम्युनिस्ट पार्टीले गर्ने, पार्टीले त्यो अधिकार प्रयोग गर्दा पार्टीको नामबाट सर्वोच्च कमिटीले गर्ने, सर्वोच्च कमिटीले प्रयोग गर्दा सर्वोच्च कमिटीको नामबाट सर्वोच्च नेताले गर्ने र नित्तान्त एकल व्यक्तिको सोंच, शैली, संस्कार र सीमामा सीमित हुने भएको छ ! यसरी भए-गरेका कामकार्वाहीहरु विधि-पद्धतिसम्मत त हुने कुरा भएन नै, बैज्ञानिक र वस्तुवादी पनि नहुने भएका छन् । यस्ले गर्दा नै कुनैबेला एकतिहाइ भूगोल र जनसंख्यामा फैलिदै शक्तिशाली, सत्तासीन र आक्रामक अवस्थामा पुगेको विश्वकम्युनिस्ट आन्दोलन आज कमजोर, सत्ताहीन र रक्षात्मक अवस्थामा पुगेको होला ! सर्वजनवादको अन्तिम र महान लक्ष लिएको कम्युनिस्ट पार्टी र त्यहाँ अभ्यास हुने सर्वहारा अधिनायकत्व सबैकोबाट सर्वहारा वर्गमा सिमित हुने, त्यसपछी सर्वहारा वर्गबाट कम्युनिस्ट पार्टी र राज्यमा सिमित हुने, अनि कम्युनिस्ट पार्टी र राज्यबाट सर्वोच्च कमिटी र अङ्गमा सिमित हुने र अन्ततः सर्वोच्च कमिटी र राज्याङ्गबाट पनि खुम्चिंदै सर्वोच्च नेता-प्रधानमन्त्रीमा संकुचित र केन्दृत भई त्यहिंबाट अभिव्यक्त हुने गरेको छ । त्यसैलाई हामीमध्ये एकथरीले सर्वहारा अधिनायकत्व भनेर क्रान्तिकारीकरण, उदात्तीकारण र महिमामण्डन गर्छौं भने अर्काथरीले अवमूल्यन र अपहेलित गरी तानाशाहीकरण र साम्यवादीकरण भन्दै विरोध र भण्डाफोर गर्छौं ! यथार्थमा यस्तो अभ्यासबाट निस्कने परिणाम न त सच्चा साम्यवादीहरुले भन्ने गरेको जस्तो साँच्चिकै सर्वहारा अधिनायकत्व र यसको माध्यमबाट भएको क्रान्तिकारीकरण/साम्यवादीकरण हो, न त पुँजीवादीहरुले आरोप लगाएको जस्तो अधिनायकीकरण र साम्यवादीकरण नै हो ! तर यही भ्रम पालेर हामी दुवैथरी लड्दै बाँच्नु दुखद विडम्बना भएको छ ।
नारायण शर्मा नेकपाको पुस्तकालय तथा अभिलेख विभागका प्रमुख हुन् ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...