के हो डेंगु ? डेंगु लागेको कसरी थाहा पाउने ? यसबाट कसरी बच्ने ?

2019-08-30

के हो डेंगु ?
यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य सरुवा रोग हो ।
एडिस एजिप्टाई र एलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ ।
जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।
यो लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्छ ।
संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन्, यसको अन्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छ ।
हरेक अन्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोक्दा संक्रमण हुन्छ ।
पोथी जातको लामखुट्टेलाई फुल पार्न प्रचुर मात्रामा प्रोटिन आवश्यक पर्छ । त्यसैले पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । भाले लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछ ।
एउटा लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ ।
एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि हजरावटासम्म अन्डा पार्छ ।

डेंगु भाइरस चार प्रजातिका
डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर, अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु लागेको थाहा पाउने तरिका
संक्रमणकाल तीनदेखि दश दिनसम्मको हुन्छ ।
१०२ डिग्री देखि १०३ डिग्रीसम्मको उच्च ज्वरो आउँछ ।
टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने हुन्छ ।
सामान्यतया ज्वरो आएको तीनदेखि पाँच दिनपछि देखा पर्दछ ।

विश्वव्यापी अवस्था
केही दशकदेखि विश्वभर नै डेंगुको संक्रमण अत्यधिक रूपमा बढ्दै गइरहेको छ । ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ ।
विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् । एक सय २८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिस यो रोगको जोखिमको क्षेत्रमा बसोवास गर्छन् ।
प्रत्येक वर्ष झन्डै ३९ करोड मानिसमा डेंगुको संक्रमण हुनाका साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

नेपालमा डेंगु
सन् २००४ मा झापामा भेटिएको पहिलो बिरामी (विदेशी) हुन् ।
सन् २००६ मा तराई र भित्रीमधेसका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए ।
सन् २०१० मा चितवन, रुपन्देही, नवलपरासीलगायत जिल्लामा डेंगु फैलिएको थियो । यी जिल्लामा सन् २०१६, २०१७ र १८ मा पनि डेंगु फैलिएको थियो ।
सन् २०१९ मा सुनसरी, मोरङ, झापा, चितवन, कास्की र मकवानपुरमा महामारीका रूपमा फैलिएकोमा सुनसरीमा मात्रै तीन हजार दुई सय ६६ बिरामी भेटिएका थिए । यस वर्ष ११ भदौसम्मको तथ्यांकअनुसार चार हजार नौ सय ६२ बिरामी भेटिएका छन् ।

रोकथामका उपाय
पानी जम्न सक्ने भाँडाहरू जस्तै : गमला, फूलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रम, गाडीको काम नलाग्ने टायरमा पानी जम्न नदिने ।
पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्ने ।
कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने ।
फूलदानीमा रहेको पानी कम्तीमा हप्तामा दुईपटक फेर्ने ।
एडिस एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो पूरा बाहुला भएको वा पूरै शरीर ढाक्ने लुगा लगाउने ।
सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्ने । साना केटाकेटीलाई जुनसुकै समयमा झुलभित्रै सुताउने । लामखुट्टे भगाउने मल्हम पनि दल्न सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनुपर्छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ