नेप्सेमा १६ अंकको गिरावट

2019-08-29

काठमाडौं - अघिल्लो साताको तुलनामा यो साता पूँजीबजार साढे १६ अंकले घटेको छ।

यो साताको कारोबार शुरु गर्दा १ हजार २ सय १३ दशमल शून्य ६ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से परिसूचक) साताको कारोबारको अन्तिम दिनसम्म आइपुग्दा १ हजार १ सय ९६ दशमलव ४१ अंक कायम भएको छ।

यस साता सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६१ अंकले घटेको छ। अघिल्लो बिहीबार २ सय ६३ दशमलव ७० अंकमा रहेको सेन्सेटिभ इन्डेक्स यस बिहीबार २ सय ६१ दशमलव २४ अंक कायम भएको छ।

साताको अन्तिम दिन बिहीबार मात्र नेप्से परिसूचक १ दशमलव ३३ अंकले घटेको छ। बिहीबार १ सय ७० वटा कम्पनीको ५ हजार ६ सय कारोबार बाट ९ लाख ७५ हजार ८ सय ३४ कित्ता सेयर किनबेच हुँदा २७ करोड ७३ लाख ५९ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ।

बिहीबार बैंकिङ र विकास बैंक समूह बाहेक बाँकी सबै समुहको उपसुचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समुहको उपसुचक ५० दशमलव २४ अंकले घटेको छ।

बिहीबारको कारोबारमा सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १ करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

सबैभन्दा बढी कमाउनेमा सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा युनाईटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ६ दशमलव ४१ प्रतिशतले गुमाएका छन्।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ