सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी : अर्थमन्त्री खतिवडा

2019-08-27

काठमाडौं - आजबाट काठमाडौंको भृकुटीमण्डपमा सवारी तथा सवारीजन्य वस्तुहरुको ‘कुम्भमेला' 'नाडा अटो शो २०१९' सुरु भएको छ। शोको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरेका छन्।

अटव शोको उद्घाटन गर्दै मन्त्री खतिवडाले सरकारको पहिलो प्राथमिकतामा विद्युतीय सवारी र गाडी एसेम्बलिङ उद्योग रहेको बताए। सवारी आयात गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्न चाहनेलाई सरकारले अवस्था हेरेर छुट दिँदै जाने उनले व्यवसायीसमक्ष प्रतिबद्धता जनाए।

अटो शो सवारी किन्नेहरुका लागि उपयुक्त स्थान र समय हुँदै हो भने सवारी बिक्रेताहरुका लागि ठूलो उत्सवसमेत रहिआएको छ। अटो शो दसैं सुरु हुनु एक महिनाअघि देखि हुने भएकाले सवारी बिक्रेताहरुले वर्षभर बिक्री गर्ने सवारीको करिब ४० प्रतिशत अटो शो तथा दसैंतिहरको समयमा बिक्री गर्ने गरेको व्यवसायीहरुको भनाइ छ।

अटो शोमा उपभोक्ताले एकै ठाउँमा धेरै ब्रान्डका धेरै मोडल हेर्न तथा रोज्न पाउँछन् भने सवारी बिक्रेताले एकै ठाउँमा अधिक उपभोक्ता पाउँछन्। यसले पनि नाडा अटो शो आफैंमा एउटा ब्रान्डको रुपमा नेपाली बजारमा स्थापित भइसकेको छ। उसो त संसारभर हुने अटो शोहरुले आफ्नो ब्रान्ड बनाउने गरेका छन्।

नेपालमा उपलब्ध सबैजसो दुईपांग्रे, चारपांग्रे सवारी र सवारीजन्य उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदै आएको छ। सवारी खरिद गर्ने उपभोक्ताहरुका लागि पनि अन्य समयको तुलनामा केही सस्ता र विभिन्न उपहार योजनाहरु पाइने हुँदा यो नै उपयुक्त समय मानिन्छ। यही सहभागिता र बिक्रीको हिसाबले पनि नाडा अटो शोलाई सवारी तथा सवारीजन्य वस्तुको कुम्भमेला भनिएको हो।

अटो शोमा नेपालमा उपलब्ध सबै कम्पनीलाई समावेश गर्न सकिने अवस्था स्थान अभावका कारण नरहेको नाडाको भनाइ छ। तथापि अधिकांश कम्पनीहरुलाई समावेश गर्न कोसिस गरिएको आयोजकले बताएको छ।

भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म हुने अटो शोमा दुईपांग्रे र चारपांग्रे गरि ४१ वटा ब्राण्डका सवारी कम्पनीले सहभागिता जनाएका छन्। स्थान अभावका कारण गत वर्षदेखि नाडाले अटो शोमा कमर्सियल सवारीलाई सहभागी गराउन छाडेको छ।

मेलामा सवारी साधनको प्रदर्शनीका साथै सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एसोसेरिज कम्पनीहरूको पनि सहभागिता रहनेछ। नाडा अटोमाबाइल एसोसिएसन अफ नेपालले सवारी, पार्टपुर्जा तथा यससँग सम्बन्धी एसोसिरिजहरुको प्रदर्शनी नाडा अटोमा वर्षेनी गर्दै आएको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ