‘आकस्मीक राहत कोष’ स्थापना गर्ने 'कोषाध्यक्ष'का उम्मेदवार कुँवरको घोषणा

2019-08-20

पोर्चुगल - गैर आवासीय नेपाली संघ पोर्चुगलको आगामी कार्यकालका लागि युवा ब्यबसायी बिक्रम जंग कुवंरले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

यही २५ अगष्टमा हुने संघको सातौं राष्ट्रिय अधिबेशनका लागि बर्तमान कार्यसमिति सदस्य समेत रहेका कुवंरले आगामी (२०१९–०२१) कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

संघलाई आर्थिक रुपमा सबल र सक्षम बनाउँदै ‘आकस्मीक राहत कोष’ को स्थापना गर्ने बिशेष योजना र कार्यक्रमका साथ आफूले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको कुवंरले बताए ।

संघको अनावश्यक खर्च कटौती गर्दै कोषलाई पारदर्शी, मितब्ययी र जवाफदेही ढंगबाट सञ्चालन गर्ने प्रतिबद्धताका साथ आफू चुनावी मैदानमा होमिएको उनले बताए ।

संघमा आबद्ध भएर काम गरिसकेको र अन्य संघ संस्थामा रहेर काम गरेको अनुभवका आधारमा आफू नै कोषाध्यक्ष पदका लागि सक्षम र उपयुक्त पात्र रहेको कुवंरको दाबी छ ।

बिगत पांच बर्ष देखि पोर्चुगल बस्दै आएका कुवंर बिभिन्न संघसंस्थामा आबद्ध भई सामाजिक कार्यमा समेत सकृय रहदै आएका छन् ।

अन्र्तराष्ट्रिय पवर्त समाजका केन्द्रीय सदस्य समेत रहेका कुवंर पर्वत समाज पोर्चुगलका बर्तमान उपाध्यक्ष समेत हुन् ।

पर्वत रानीपानीका कुवंर पोर्चुगलमा ट्राभल तथा टुर ब्यबसायीका रुपमा परिचित छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ