हङकङ प्रदर्शन : 'पश्चिमा शक्तिबाट परिचालित' आन्दोलन दबाउने चीनको चेतावनी

2019-08-13

हङकङ - हङकङमा एक विधेयकको विरुद्धमा उठेको आन्दोलन दशौं हप्तासम्म पनि मत्थर भएको छैन । बरु झन् चर्किँदैगएको छ । यही सोमबार मात्रै यहाँका प्रदर्शनकारीले अन्तर्राष्ट्रिय विमानस्थलमै छिरेर भव्य प्रदर्शन गरे ।

हजारौंको संख्यामा उत्रिएका प्रदर्शनकारीले नियमित उडान नै ठप्प पार्ने गरी प्रदर्शन गरेका छन् । विश्वभर सर्वाधिक ब्यस्तमध्ये एक विमानस्थल ठप्प हुँदा विश्वको चासो हङकङतिर तानिएको छ ।

यहाँका अधिकारीहरुका अनुसार आन्दोलन हिंसातर्फ उन्मुख छ । यतिसम्म कि, चिनियाँ सेनाले पटक पटक धम्की समेत दिँदैआएको छ । ‘परिचालित तथा प्रतिक्रियावादी शक्तिको आन्दोलन’ को संज्ञा दिँदै चीनले हङकङको आन्दोलन दबाउने चेतावनी दिँदैआएको हो ।

‘प्रो डेमोक्रेटिक’ नाम दिइएको यस आन्दोलनबारे अनेक टिप्पणी हुन थालेका छन् । प्रदर्शनकारीका माग प्रष्ट हुन नसक्दा र भिडन्त चर्किँदै जाँदा उनीहरुबारे बुझाइ पनि एउटै छैन ।

एउटा ‘न्यारेटिभ’ले यो आन्दोलन ‘पश्चिमा शक्तिबाट परिचालित’ भएको देख्छ । अर्को पक्ष छ, जसले लोकतान्त्रिक आन्दोलनको रुपमा व्याख्या गर्दैआएको छ । मूलतः हङकङमा सुपुर्दगी विधेयकलाई व्यवस्थापन गर्न नसक्दा आन्दोलन उठेको थियो । यस्तो समस्या यहाँकी कार्यकारी प्रमुख क्यारी लामले नै स्वीकार गरिसकेकी छन् ।

उक्त समस्या व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि बढेको स्वीकार गर्दै सार्वजनिक रुपमै माफी समेत मागिन् । विधेयक खारेजीको माग लिएर उठेको आन्दोलनमा अन्य माग पनि थपिँदैगए । दोस्रो मागको रुपमा प्रदर्शनकारीहरुले कार्यकारी प्रमुख क्यारी लामको राजीनामा नै माग गरे ।

प्रहरीले गर्दैआएको दमन हटाउनुपर्ने उनीहरुको तेस्रो माग छ । चौथो मागको रुपमा प्रहरी गतिविधिमा सोधपुछ गर्न पाउने हक नागरिकमा हुनुपर्ने भनिएको छ । र पक्राउ परेका हरेक नागरिकलाई विनाशर्त मुक्त गरिनुपर्ने उनीहरुको पाँचौं माग हो ।

प्रदर्शनकारीका यस्ता मागसँगै सरकारले विधेयकको प्रक्रिया नै हटायो । कार्यकारी प्रमुखले त दुईपटकसम्म माफी मागिन् । स्थानीय मिडियाका अनुसार हङकङको इतिहासमै जनतासँग माफी माग्ने लाम पहिलो नेत्री हुन् ।

कार्यकारी प्रमुखले माफी माग्दै आन्दोलन शान्त भएपछि विधेयक खारेज गर्ने भनेपछि पनि विपक्षीहरुले आन्दोलन जारी राखेको अधिकारीहरु बताउँछन् । माफी मागेपछि आन्दोलन मत्थर हुनुको सट्टा झन् चर्को भएपछि कार्यकारी प्रमुख पनि पदबाट हट्ने शंकेत देखाएकी छैनन् । यससँगै बेलायतको उपनिवेशबाट मुक्त भएपछि हङकङमा यसैलाई सबैभन्दा ठूलो प्रदर्शन भनिएको छ ।

चीन भन्छ, ‘आतंकवाद’

चीनको विशेष क्रशासकीय क्षेत्र हङकङको पछिल्लो आन्दोलनलाई चीनले ‘आतंकवाद’को संज्ञा दिएको छ । पटक पटक चिनियाँ सेनाले प्रदर्शनकारीलाई ठाडै चेतावनी दिँदैआए पनि पछिल्लो पटक प्रदर्शन उत्कर्षमा पुगेपछि ‘आतंकवाद’को संज्ञा दियो ।

प्रदर्शनमा उत्रिएकाहरुलाई आइतबार दिनभर र सोमबार पनि प्रहरीले अश्रुग्यांस प्रहार गरे । स्थानीय मिडियाका अनुसार प्रदर्शनकारीले भने प्रहरीलाई पेट्रोल बम नै प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय मिडियाले भने आन्दोलन अब छिट्टै निकर्षमा पुग्ने वा चीनले नयाँ निर्णय गर्नसक्ने टिप्पणी पनि गर्न थालेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ