सेनाको कल्याणकारी कोषमा ३८ अर्ब

2019-08-10

काठमाडौं - नेपाली सेनाको कल्याणकारी कोषमा ३८ अर्ब ५७ करोड ६० लाख रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षमा ३५ अर्ब ७७ करोड २४ लाख रुपैयाँ रहेको नगद मौज्दात चालू आर्थिक वर्षमा दुई अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको हो।

२०३२ सालमा संयुक्त राष्ट्रसंघमातहत शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रुपैयाँबाट सुरु भएको उक्त कोषमार्फत बहालवाला र अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारका लागि काम गर्दै आएको सेनाले जनाएको छ। सेनाले कल्याणकारी कोषको रकमबाट बहालवाला र अवकाश प्राप्त सैनिकहरुका लागि स्वास्थ्य, शिक्षा, ऋण प्रवाह, आवास लगायतका क्षेत्रमा लगानी गर्ने गरेको छ।

कल्याणकारी कोषमा शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने रकम, वित्तीय संस्थाबाट प्राप्त हुने ब्याज, स्वास्थ्य विज्ञान संस्थान, विद्यालय र महाविद्यालयबाट प्राप्त हुने शिक्षण शुल्क जम्मा हुने गरेको सेनाले जनाएको छ। त्यस्तै परिवार आवास भाडा, सुनाचुरी इमल्सन प्लान्ट, रिपुमर्दिनी अक्सिजन प्लान्टबाट प्राप्त हुने रकम, विदेशी मुद्रा सटही प्रिमियम र मेडिकल सेवाबापतको रकमलाई सेनाले कोषको आयस्रोतका रुपमा उल्लेख गरेको छ।

कल्याणकारी कोषको रकम विभिन्न ठाउँमा अस्पताल, विस्फोटक पदार्थसम्बन्धी उद्योग तथा परिवार आवासलगायतका क्षेत्रमा लगानी गरिरहेको सेनाले छिट्टै आफ्नै फार्मेसी पनि सञ्चालनमा ल्याउने भएको छ। त्यसको तयारी भइरहेको सेनाले जानकारी गराएको छ। सेनाले कल्याणकारी कोषको रकमबाट व्यापार गरेको भन्ने आरोप पनि खेप्दै आएको छ।

कल्याणकारी कोषको जोखिममा परेको निक्षेप रकम घटेको सेनाले जनाएको छ। गत वर्ष २७ करोडभन्दा बढी निक्षेप रकम जोखिममा रहेकोमा सेनाले यो वर्ष उक्त रकमलाई पाँच करोड २ लाख ६६ हजारमा झारेको छ। त्यसमध्ये एक करोड ५१ लख रुपैयाँ बढी जोखिममा रहेको सेनाले जनाएको छ। केही वर्षअघिसम्म जोखिममा रहेको निक्षेप झन्डै ८५ करोड रुपैयाँ थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ