डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो

2019-08-07

काठमाडौं - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।

त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँले घटाएर मूल्य समायोजन गरिएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल १०९ रुपैयाँमा पाइने छ। भने डिजेलको मूल्य ९७ रुपैयाँ पुगेको छ। एलपी ग्यासको खुद्रा विक्री मूल्य १३ सय ७५ रुपैयाँ प्रति सिलिण्डर पुगेको छ।

हवाई ईन्धनको मूल्य यथावत राखिएको छ। निगमले आर्थिक वर्ष २०७५/७६ मा एलपी ग्यासमा करिब ६ अर्व रुपैयाँ नोक्सानी व्यहोरेको थियो।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्दे आएको छ। यसरी मूल्य समायोजन गरेपछि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रति लिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो हुन्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ