नेपालको 'व्यापार घाटा' बजेटभन्दा ठूलो

2019-08-06

काठमाडौँ - नेपालको वैदेशिक व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । संघीय सरकारले आव ०७५/७६ मा ल्याएको बजेटभन्दा देशले व्यहोरेको व्यापार घाटा बढी भएको हो । सरकारले उक्त आवका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, सोही आवमा नेपालले कुल १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । यसलाई आधार मान्दा पनि संघीय सरकारले ल्याएको बजेटभन्दा देशको कुल व्यापार घाटा ६ अर्ब २६ करोडले बढी देखिन्छ । तर, अर्थमन्त्री डा. युवराज खतिवडाले मध्यावधि समीक्षामार्फत आव ०७५/७६ को बजेटलाई घटाएर ११ खर्ब ११ अर्बमा झारेका छन् । राजस्व परिचालन र खर्च गर्ने क्षमता नबढ्दा बजेट घटाउने प्रवृत्ति छ । संशोधित बजेटको आकारलाई हेर्दा बजेटभन्दा व्यापार घाटा २ खर्ब १० अर्बले बढी देखिन्छ ।

गत आवमा नेपालको वैदेशिक व्यापार १४.६ प्रतिशतले बढेर १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल आयात १३.९३ प्रतिशतले १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने निर्यात १९.३६ प्रतिशतले बढेर ९७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । नेपालको अर्थतन्त्र (जिडिपी)को आकार ३४ खर्ब रुपैयाँबराबरको पुगेको छ । सोअनुसार नेपालले व्यापार घाटा कुल जिडिपीको एकतिहाइ नाघिसकेको छ ।

घाटा बढेको बढ्यै, निर्यात वृद्धि सुस्त
पछिल्ला दश वर्षमा नेपालको व्यापार घाटा ६ गुणाले बढेको देखिएको छ । वैदेशिक व्यापारसँगै आयातको वृद्धिदर उच्च हुँदा निर्यात वृद्धि भने सुस्त भएको देखिन्छ । जसका कारण व्यापार घाटा चुलिएको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष ०६५/६६ मा नेपालको व्यापार घाटा २ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । आव ०७५/७६ मा आइपुग्दा व्यापार घाटा करिब ६ गुणाले बढेर १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

आव ०६५/६६ मा नेपालको वैदेशिक व्यापारको आकार ३ खर्ब ४९ अर्ब रुपैयाँको थियो । आव ०७५/७६ मा आइपुग्दा कुल वैदेशिक व्यापार झन्डै ५ गुणाले बढेर १५ खर्ब १५ अर्ब रुपैयाँबराबरको पुगिसकेको छ । सोही अवधिमा नेपालको आयात पनि करिब ५ गुणाले बढेर १४ खर्ब १८ अर्ब पुगिसकेको छ । तर, निर्यात भने दोब्बर पनि हुन सकेको छैन । आव ०६५/६६ मा नेपालले ६५ अर्ब रुपैयाँको निर्यात गरेको थियो । समीक्षा आवमा आइपुग्दा निर्यात भने डेढ गुणाले बढेर ९७ अर्ब रुपैयाँ पुगेको छ । बढ्दो व्यापारमा आयातको तुलनामा निर्यात वृद्धि सुस्त हुँदा नेपालको व्यापार घाटा ६ गुणाले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

 

नयाँ पत्रिका

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ