बैंकलाई नयाँ नियम : वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री अब नेपाली भाषामा

2019-08-06

काठमाडौं - बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री नेपाली भाषामा हुनुपर्ने प्रावधान ल्याइएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको 'एकीकृत निर्देशन २०७५'लाई संशोधन गर्दै थप नयाँ व्यवस्था गरेको हो।

बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने सामाग्री २०७६ पुसमसान्तसम्ममा नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने र अबउप्रान्त सार्वजनिक हुने सामाग्रीहरु समेत नेपाली भाषामा सार्वजनिक गर्नुपर्ने नयाँ व्यवस्था गरेको हो।

साथै बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई प्रदान गर्ने सेवासम्बन्धी जानकारी पनि 'अडियो नोटिस बोर्ड'बाट समेत गर्नुपर्ने गरी राष्ट्र बैंकले निर्देशन संशोधन गरेको हो।

तर, यस्तो सेवा उपलब्ध गराउँदा बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग कुनै किसिमको शूल्क लिनसमेत नपाउने राष्ट्र बैंकले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ