जम्मु-कश्मिरलाई दिइएको विशेष राज्यको दर्जा खारेज, लद्दाख अलग गर्ने घोषणा,

2019-08-05

काठमाडौं - भारत सरकारले जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निर्णय गरेको छ । साथै लद्दाखलाई जम्मु कश्मीरबाट अलग गर्ने निर्णय पनि भएको छ । पर्यटकीय हिमाली जिल्ला लद्दाख केन्द्र शासित इलाका हुनेछ, जहाँ विधानसभा हुने छैन ।

नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।

मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारले गर्नेछ ।

कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत-पाकिस्तान विभाजनपछि कश्मिरको भूमि विवादित हुँदै आएको छ ।

सरकारको पछिल्लो निर्णय अनुसार अब प्रसिद्ध पर्यटकीय उच्च हिमाली क्षेत्र लद्दाख जम्मु-कश्मिरबाट अलग भएको छ । अब लद्दाख र कश्मिर केन्द्र शासित अलग-अलग राज्य बन्नेछन् ।

भारतीय सन्चारमाध्यमहरुले भारत स्वतन्त्रतापछि कश्मिरले दोस्रोपटक स्वतन्त्रता पाएको भन्दै अब मिसन कस्मिरमा मोदीको नीति लागु हने टिप्पणी गरेका छन् ।

सन् १९५४ मा कश्मिरलाई भारतमा गाभ्ने क्रममा महाराराजा हरि सिंहसँग भएको सम्झौता बमोजिम भारतको संविधानमा अनुच्छेद ३७० व्यवस्था गरी बिभिन्न प्रावधान राखिएको थियो ।

मोदी सरकारले संविधानको धारा ३७० हटाउने प्रस्ताव संसदमा पेश गर्नुअघि जम्मु कश्मिरका नेताहरुलाई नजरबन्द गरी सन्चार सम्पर्क समेत बिच्छेद गरेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ