कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु, विपक्षी मुस्लिम नेता घरमै नजरबन्द

2019-08-05

दिल्ली - भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । साथै विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखेर सरकारले इन्टरनेट तथा टेलिफोन सेवासमेत बन्द गरेको छ ।

श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ । साथै सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् ।

कश्मिरमा अशान्ति मच्चिन थालेपछि शुक्रबारबाट शुरु भएको पवित्र हिन्दू तीर्थस्थल अमरनाथ यात्रा रद्द गरिएको थियो । अमरनाथ गुफा दर्शनका लागि पुगेका हजारौं भक्तजन र पर्यटकलाई तत्काल कश्मिर घाटी छाडेर जान आग्रह गरिएको थियो ।

यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । उता पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ । उता कश्मिरको पछिल्लो अवस्थाप्रति मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कन्टि्रज ओआइसीले चिन्ता व्यक्त गरेको छ ।

ओआइसीले भनेको छ-भारतीय कब्जामा रहेको कश्मिरको अवस्था नाजुक बन्दै गएको र अतिरिक्त सुरक्षा बलको तैनाथीका साथै प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले हामीलाई चिन्तित बनाएको छ ।

कश्मिरमा उग्रपन्थी मुस्लिम संगठनले आक्रमण गर्ने सूचनापति प्रशासनले केही दिनयता उच्च सुरक्षा सतर्कता अपनाएको थियो । हिन्दू भक्तजनमाथि लक्षित गरी अमरनाथ यात्राका क्रममा हिंसा भड्काउने सूचनापछि सरकारले सुरक्षा बल थपेको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी यसअघि नै दिइसकेका छन् । कश्मिरको स्वतन्त्रतालाई लिएर भारत र पाकिस्तानबीच बिगत ७० वर्षदेखि लडाइ चलिरहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ