बाबुले छोरालाई सम्पत्ति दिँदा कर उठाउने बारे छलफल गर्दै सरकार

2019-08-05

काठमाडौं- सरकारले पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउने विषयमा छलफल सुरु गरेको छ । राजस्वको दायरा विस्तारका क्रममा नयाँ क्षेत्र खोजिरहेको अर्थ मन्त्रालयले सामाजिक सुरक्षाको स्याथी व्यवस्थापनका लागि पैतृक सम्पत्ति हस्तान्तरणमा कर 'इन्हेरिटेन्स ट्याक्स' लगाउने विषय छलफलमा ल्याएको हो।

विद्यमान कानुनी व्यवस्था अनुसार तीन पुस्ताभित्रको पैतृक सम्पत्ति हस्तान्तरणमा कर लाग्दैन। पैतृक सम्पत्ति हस्तान्तरणमा रजिष्ट्रेसन बाहेक अन्य शुल्क तिर्नुपर्दैन। तर सरकारले अब यस्तो सम्पत्तिको हक हस्तान्तरणमा पनि कर लगाउने भएपछी घरमुलि अथवा बाबुले अंशियारलाई पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर तिर्नुपर्ने छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सम्पत्तिको मूल्यांक अनुसार विभिन्न स्ल्याब निर्धारण गरी यस्तो कर लगाउने गरी छलफल अघि बढाइएको छ। अन्यन्तै न्यून मूल्यांकनका सम्पत्तिको हक हस्तान्तरण गर्दा कर नलाग्ने र महँगा सम्पत्ति एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दा कर लगाउन सक्ने गरी छलफल अघि बढाइएको स्रोतले जानकारी दिएको छ।

बेलायतलगायतका केही देशमा अहिले यस्तो कर प्रचलनमा छ। तर नेपालमा भने सरकारले दिने सुविधा भन्दा कररोपण महँगो भएको भन्दै नागरिकस्तरबाट विरोध हुने गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ