समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई पनि अब सत्तारुढ सांसद

2019-08-03

काठमाडौं - उपेन्द्र र बाबुराम भट्टराईको संयुक्त नेतृत्वको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। उपेन्द्रको संघीय समाजवादी फोरम र बाबुरामको नयाँ शक्ति पार्टी एकीकरण भई वैशाख २३ मा समाजवादी गठन भएको थियो।

आयोगको शुक्रबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको हो। समाजवादीले ३० जेठमा दल दर्ताको निवेदन दिएको थियो। वैकल्पिक राजनीतिको मियो थाम्ने उद्घोषसहित डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टी एकता घोषणा गरेका थिए।

दुवै जना पार्टी अध्यक्ष हुने गरी एकता गरिएको ‘समाजवादी पार्टी’मा भट्टराई र यादवको कार्यविभाजन भने अलग छ। भट्टराई संघीय परिषद् अध्यक्ष र यादव केन्द्रीय कमिटी अध्यक्ष छन्। वरीयतामा एकीकृत पार्टीको पहिलो नम्बरमा भट्टराई नै छन्। तर खास कार्यकारी भूमिकामा यादव हुने देखिएको छ।

नेपालको संविधान राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन अनुसार समाजवादी पार्टी औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भएको हो।

शुक्रबार आयोगले संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल नामक दललाई एकीकरण गरी समाजवादी पार्टी नाममा दर्ता गरेको जानकारी गराएको हो।

दलको नाम समाजवादी पार्टी, नेपाल प्रस्ताव गरेको भए पनि निर्वाचन आयोगले ‘समाजवादी पार्टी’ मात्र दर्ता गरेको छ। आयोगले समाजवादी पार्टी, नेपाल नामक दल यसअघि नै दर्ता भएको जानकारी गराउँदै समाजवादी पार्टी नाममा दल दर्ता गरेको हो।

संघीय समाजवादी फोरमका अध्यक्ष यादव र नयाँ शक्ति पार्टीका संयोजक भट्टराईबीच पार्टीको झण्डाका विषयमा सहमति भए पनि चुनाव चिह्नबारे सहमति भइसकेको छैन।

समाजवादी पार्टीका एक अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा छन्। औपचारिक रुपमा दल दर्ता भएसँगै बाबुराम भट्टराई पनि सत्तारुढ सांसद् बनेका छन्।

समाजवादीका २५ पदाधिकारीसहित ४ सय ३० जना केन्द्रीय सदस्य छन्। शुक्रबार समाजवादी पार्टी दर्ता भएसँगै आयोगमा दर्ता भएका दलको संख्या १ सय ३१ पुगेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ