नेपालको सिंगापुरसँग लज्जापद हार, टी-२० विश्वकप खेल्ने सपना अधुरै

2019-07-28

काठमाडौ - नेपालले सिंगापुरसँग लज्जापद हार बेहोरेको छ । योसँगै नेपालको टी–२० विश्वकप सपना अधुरै रहृयो । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ । त्योसँगै नेपालको टि २० विश्वकप खेल्ने सपना पनि तुहिएको छ। नेपाललाई पराजित गर्दै सिंगापुर असोजमा हुने ग्लोबल छनौटमा पुगेको हो। ग्लोबल छनौटमा १४ टोलीको प्रतिस्पर्धा हुनेछ। त्यसको शीर्ष ६ टोली २०२० मा हुने टि २० विश्वकप खेल्नेछन्।

सिंगापुरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १ सय ९ रनमा समेटियो। तेस्रो ओभरको पहिलो बलमा स्ट्रेटमा लामो सट हिर्काउँने क्रममा मिडवनमा नेपालका कप्तान पारस क्याच हुन पुगे। १० बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गर्दै १२ रन जोडे। छैटौं ओभरको पहिलो चार बलमा ज्ञानेन्द्र मल्लले अम्जद मोहबुबलाई दुई छक्का र दुई चौका प्रहार गर्दै नेपालको ५० रन पूरा गरे। तर अर्को ओभरमा ज्ञानेन्द्र बोल्ड हुन पुगे। ज्ञानेन्द्रले २१ बलमा ४ चौका र ३ छक्का हिर्काउँदै ३९ रन जोडे। आठौं भएमा नेपालले अर्का भरपर्दा मानिएका शरदलाई पनि गुमायो। शरदलाई बाउन्ड्रीमा जनक प्रकाशले उत्कृष्ट क्याच समाते। ११ बल खेलेका शरदले ७ रनमात्रै जोड्न सके। शरदको स्थानमा क्रिजमा आएका रोहितकुमार पौडेलपनि धेरैबेर क्रिजमा टिक्न सकेनन्। ४ बल खेलेका रोहितले सजिलै बलर विजयकुमारलाई क्याच दिदै कट एण्ड बोल्ड भए। रोहितले ५ रनमात्रै जोड्न सके। १० ओभरमा नेपालले ४ विकेट गुमाएर ७७ रन जोडेको थियो। तर ११औं ओभरमा नेपालले दुई विकेट गुमाएसँगै नेपाल संकटमा पर्यो। विजयकुमारको दोस्रो बलमा विनोद भण्डारीलाई बाउन्ड्रीमा पारामको हातबाट क्याच गराए। विनोदले ७ बलमा ९ रनमात्रै जोड्न सके। सोही ओभरको चौथो बलमा करण केसी खाता नै खोल्न नपाई पवेलियन फर्किए। लगअनमा छक्का प्रहार गर्ने धुनमा करण बाउन्ड्री नजिकै चेतन सुर्यावंशीले क्याच समाते। करणका रुपमा नेपालले छैटौं विकेट गुमाउँदा नेपाललाई जितका लागि ५६ बलमा १ सय ११ रन आवश्यक थियो। क्रिजमा दीपेन्द्रसिंह ऐरी ७ रनमा खेलिरहेका थिए भने सोमपाल कामी भर्खरै क्रिजमा आएका थिए। १४औं ओभरमा फेरि नेपालले २ विकेट गुमायो। दोस्रो बलमा सोमपाल दोस्रो रन लिने क्रममा रनआउट भए। दीपेन्द्र दोस्रो रनका लागि अघि नबढेपनि सोमपाल भने क्रिजमा पुग्न लागेका थिए। उनी फर्कदासम्म स्टम्प ढलिसकेको थियो। सोमपालले ८ बलमा ११ रन जोडे।

सोही ओभरको पाँचौं बलमा सन्दीप लामिछानेको ब्याडको एज लाग्दै बल विकेटकिपरको हातमा गयो। सन्दीपले खाता खोल्न पाएनन्। अर्को ओभरमा दीपेन्द्र समेत आउँट भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल रह्यो। दीपेन्द्रले २२ बलमा २३ रनमात्रै बनाउँन सके। त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो।

सिंगापुरका ब्याट्सम्यानहरुले पहिलो ओभरमा पीचको व्यबहार बुझ्दै एक रनमात्रै जोडे। तर त्यसपछिका प्रत्येक ओभरमा कम्तिमा २ बाउन्ड्री प्रहार गर्दै ९ को माथि रनरेट राखे।

दोस्रो ओभरको दोस्रो र चेस्रो बलमा करण केसीलाई सुरेन्द्रन चन्द्रमोहन लगातार २ चौका प्रहार गरे। तेस्रो बलमा पनि ठूलो सट खेल्ने क्रममा उनी ज्ञानेन्द्र मल्लको हातबाट क्याच भए।

तर त्यसले सिंगापुरको ब्याट्सम्यानहरुलाई केही फरक पारेन्। दोस्रो विकेटका लागि रोहन रंगराजन र टिम डेविडले आक्रामक खेल्दै ८९ रनको साझेदारी गरे। जसले सिंगापुरलाई ठूलो स्कोर तर्फ अघि बढायो।४ ओभरमा २० रनमात्रै बनाएको सिंगापुरलाई उनीहरुले १० ओभरमा ९६–१ को बलियो स्थितिमा पुर्‍याए।

पहिलो ओभरमा १४ रन ब्यहोर्दै महँगा भएका अभिनाश बोहराले रोहन रंगराजनलाई ११औं ओभरको चौथो बलमा शरद भेषावकरको हातबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए। रंगराजनले ३३ बलमा ४ छक्का र ३ चौकासहित ४९ रन बनाए।

रंगराजन पवेलियन फर्किएपनि टिम डेविड रोकिएनन्। १३औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेलाई छक्का प्रहार गर्दै डेविडले २९ बलमा अर्धशतक पूरा गरे।

१८औं ओभरको दोस्रो बलमा अभिनाशले ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउँदै डेविडलाई पवेलियन फर्काए। त्यसबेलासम्म उनले ७७ रन जोड्दै सिंगापुरलाई ठूलो स्कोरतर्फअघि बढाइसकेका थिए। डेविडले ४३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन जोडे। १९औं ओभरको चौथो बलमा आउँट भएका मनप्रितले आक्रामक ४२ रन जोडे। २७ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे।

नेपालका अभिनाश बोहराले ४ विकेट लिए। ४ ओभरमा उनले ३५ रन खर्चे। यस्तै करण केसीले ३ ओभरमा २६ रन खर्चदै ३ विकेट लिए। बसन्त रेग्मी सर्वाधिक महँगा भए। उनले ४ ओभरमा ५४ रन खर्चिए। यस्तै सन्दीप लामिछानेले समेत ३ ओभरमा ३४ रन खर्चे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ