अल्ट्रा धाविका मीरा राईको सम्मानमा भोजपुरमा रंगशाला

2019-07-27

भोजपुर - भोजपुरको पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रेमा अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रंगशाला’ निर्माण सुरु भएको छ। अल्ट्रा धाविका राईको सम्मानमा निर्माणाधीन रंगशालाको कामले गति लिएको गाउँपालिकाले जनाएको छ। राई पौवादुङ्माकै सानोदुम्माकी हुन्। नेपाललाई विश्वमाझ चिनाएकी मीरा राईको योगदानको कदर गर्दै उनको सम्मान रंगशालाको निर्माणको काम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार प्रदेश सरकार, गाउँपालिका र विभिन्न दातृ निकायको सहयोगमा रंगशाला निर्माणको काम धमाधम भइरहेको छ।

निर्माणाधीन रंगशाला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को मापदण्ड अनुसारकै ९० मिटर लम्बाइ र ४५ मिटरको चौडाइ रहने गाउँपालिकाले जनाएको छ। करिब २६ रोपनी क्षेत्रफलमा बन्ने रंगशालाको माटो कटिङ, फिलिङ र पर्खाल निर्माणको काम सम्पन्न भएको छ। रंगशालाका लागि गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ को क्रमागत योजनाअन्र्तगत विनियोजित ५५ लाख बजेट र प्रदेश सरकारको एक करोड ३५ लाख गरी करिब दुई करोड रुपैयाँ खर्च भइसकेको गाउँपालिकाले जनाएको छ।

अन्तर्राष्ट्रियस्तरको खेल खेलाउन सकिने उक्त रंगशालाका लागि गाउँपालिकाले ५६ करोडको डीपीआर पनि तयार पारेको छ। करिब चार वर्षको समयावधिमा बनिसक्ने रंगशालामा १२ हजारदेखि १४ हजार क्षमताको प्यारापिट निर्माण हुनेछ। डीपीआर अनुसारकै कामलाई अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम ढकालले जानकारी दिए।

गाउँपालिकाको अगुवाइमा स्थानीय उपभोक्ता समितिबाट निर्माणको काम भइरहेको छ। निर्माणाधीन रंगशालाले पूर्णता पाएपछि सिंगो गाउँपालिकाकै आर्थिक समृद्धि र खेलकुदको क्षेत्रमा फड्को मार्ने स्थानीय युवा ज्ञानेन्द्र राईले बताए। फुर्सदिला बनेका गाउँका मानिसलाई रंगशालाको कामले व्यस्त बनाएपछि स्वरोजगार पनि थपेको स्थानीय मोहन दुरालले बताए।

‘रंगशालाको कामले आफ्नो गाउँको इज्जत पनि बढेको छ भने रोजगार पनि पाइएको छ’ उनले भने। रंगशाला बनिसकेपछि बाह्य तथा आन्तरिक पर्यटन भित्र्याउन सकिने गाउँपालिकाका अध्यक्ष राईले जिकिर गरे। ‘यहाँका जनताले गाउँमै काम पाएका छन्। रंगशाला बनिसकेपछि पनि देश विदेशका खेलाडी र पर्यटकको आगमनले पर्यटन व्यवसाय पनि फस्टाउँछ। यसले यहाँको आर्थिक समृद्धि पनि हुने सम्भावना देखिन्छ’, उनले भने।

रंगशाला बनाउनुको मुख्य उद्देश्य नै खेलकुदका लागि जिल्लाबाट बाहिरिने युवा प्रतिभालाई पलायन हुनबाट रोक्नु रहेको गाउँपालिकाका अध्यक्ष राईले बताए। उनले रंगशाला बनेपछि दक्ष र प्रतिभावान् खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए। रंगशालामा फुटबल, एथलेटिक्स, भलिबललगायतका खेल सञ्चालन गर्न मिल्ने गाउँपालिकाले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ