लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ १५० जना बेपत्ता

2019-07-26

एजेन्सी - लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जनालाई डुब्नबाट बचेका छन् । उनीहरुलाई कोस्गार्डले बचाएर समुँद्री किनारमा ल्याएका थिए। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटरको दूरीको सहरमा उनीहरुलाई निकालिएको थियो।

बीबीसीकाअनुसार डुंगामा सवारहरु लिबियाबाट भू–मध्य सागर पार गरी युरोप जान हिडेका थिए। हालसम्म एक जनाको शव भेटएिको र वेपत्ता सबैको मृत्यु भएको हुनसक्ने लिबियाली कोस्गार्डका प्रवक्ता अयुब गसिमले जानकारी दिएका छन्।

अफ्रिकाबाट डुंगाको सहारामा भूमध्य सागर पार गरी युरोप प्रवेश गर्न चहानेहरु पटक–पटक दुर्घटनामा पर्दै आएका छन् । गतमे मा पनि ट्युनिसिया नजिकै समुँद्र तटमा शरणार्थी चढेको डुंगा डुब्दा ६५ जनाले ज्यान गुमाएका थिए।
पुराना डुंगामा क्षमताभन्दा बढी व्यक्ति यात्रा गर्दा दुर्घटनामा पर्ने गरेको छन्।

युरोपियन देशहरुले शरणार्थी सम्बन्धी कठोर नीति ल्याएपछि भूमध्य सागर हुँदै युरोप प्रवेश गर्न खोज्नेको संख्यामा कमी आएको संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ