मर्जरमा जाने वाणिज्य बैंकलाई अब यस्तो सहुलियत

2019-07-24

काठमाडौं - नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुका लागि सहुलियतपूर्ण योजना ल्याएको छ। राष्ट्र बैंकले आगामी असार मसान्तभित्रमा मर्जरमा गई एकीकृत कारोबार थालिसक्ने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको न्यूनतम लगानी पुर्‍याउनुपर्ने अवधिलाई २०७८ असारसम्म पुर्‍याउने घोषणा गरेको छ।

चालु वर्षको मौद्रिक नीतिमार्फत गभर्नर डा. चिरञ्जिवी नेपालले यस्ता बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप ब्याजदर अन्तर (स्प्रेड) दर गणना अवधि पनि १ वर्ष थपिने बताएका छन्। स्प्रेड दर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि आउँदो असार मसान्त कायम भए पनि मर्जरमा जानेका लागि २०७८ असारसम्म यस्तो सुविधा दिइने भएको छ।

मर्जरमा जाने बैंकहरुले शाखा विस्तार गर्न अनुमति लिनु नपर्ने भएको छ। यसैगरी उच्च व्यवस्थापनमा कार्यरत कर्मचारी आवद्ध गराउन कुनै अवधि लागू नहुने भएको छ। यस्तै चुक्ता पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गर्ने पनि मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ