बामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी, माधव र झलनाथले कुन-कुन बिभाग पाए ?

2019-07-19

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी पूर्व एमाले पक्षले आफ्नो भागमा परेको विभागका मुख्य पदमा नेताहरूको कार्य विभाजन टुंग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्व एमाले पक्षका नेताहरूले जिम्मेवारी भागवण्डा सहमतिमा टुंग्याएका हुन्।

आफ्नो पक्षका नेताहरूको जिम्मेवारी टुंग्याउन बिहीबार बालुवाटारमा भेला भएका पूर्व एमाले नेताहरूको जिम्मेवारी भागवण्डा गरिएको हो। सचिवालय सदस्य बामदेव गौतमलाई 'सबैभन्दा शक्तिशाली' संगठन विभागको जिम्मेवारी दिइएको छ। पार्टीभित्रको दोश्रो वरियतामा रहेका वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन्।

अर्का नेता झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठान र ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारी प्राप्त गरेका छन्। स्कुल विभागमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि दाबी थियो। अर्थ र प्रचार विभागको जिम्मेवारी पूर्व माओवादीको भागमा परेको छ। नेकपाका ३२ केन्द्रीय विभागमा १८ पूर्व एमाले १४ पूर्व माओवादीलाई भागवण्डा गरिएको थियो।

आइतबार बस्ने सचिवालय बैठकले दुवै तर्फका विभागका नामावलीलाई अनुमोदन गर्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ