चालू आर्थिक वर्षमा २८ कम्पनीको आईपिओ निष्काशन

2019-07-16

काठमाडौँ - चालू आर्थिक वर्षको हालसम्म २८ कम्पनीले १८ अर्बभन्दा बढीको प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेका छन् । गत साउनदेखि हालसम्म नेपाल धितोपत्र बोर्डले १८ अर्ब ६५ करोड ८५ लाख ६२ हजार ८ सय रुपैयाँ बराबरको सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

सेयर निष्काशन अनुमति पाएका २८ कम्पनीमध्ये, १६ वटा हाइड्रोपावर कम्पनी र १२ वटा लघुवित्त कम्पनी रहेका छन् । यीमध्ये २६ वटाको आईपिओ बजारमा आइसकेको छ । हाल हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ जारी रहेको छ भने सबैको लघुवित्त वित्तीय संस्थाले साउन १ गतेदेखि सेयर जारी गर्दैछ ।

आईपिओ जारी गर्ने हाइड्रोपावर कम्पनीहरूमा कालिका पावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, मध्य भोटेकोसी जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिर्भसल पावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, पाँचथर पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, माउनटेन हाइड्रोपावर कम्पनी, त्रिशूली जलविद्युत् कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, रसुवागडी हाइड्रोपावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेका छन् ।

त्यस्तै, लघुवित्त संस्थाहरुमा चौतारी लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, जनसेवी लघुवित्त वित्तीय संस्था, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, आँधिखोला लघुवित्त वित्तीय संस्था, घोडीघोडा लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था रहेका छन् ।

आईपिओ निष्काशनका कारण बजारमा नयाँ नयाँ लगानीकर्ताको प्रवेश भई सेयर पहुँच विस्तारमा सहयोग पुगेको छ भने सेयर बजारको सुधारमा पनि टेवा पुगेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ