विश्वकप क्रिकेटबाट भारत बाहिरियो, न्युजिल्याण्ड फाइनलमा प्रवेश !

2019-07-10

काठमाडौं - इंग्ल्यान्डमा जारी १२औं विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनल खेलमा भारतलाई १८ रनले पछि पार्दै न्युजिल्याण्डले जित हात पारेको छ।

२सय ४० रनको लक्ष्य पछ्याएको भारत २सय २१ रनमा अलआउट भयो।

यससँगै न्युजिल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

सुरुवातदेखि नै खराब प्रदर्शनी गरेको भारत विश्वकपबाट आउट भएको छ।

भारतका लागि रविन्द्र जेडेजाले ५९ बलमा ७७ रन बनाए। यस क्रममा उनले ४ चौका र ४ छक्का हिर्काए। त्यस्तै, भारतका लागि धोनीले ७२ बलमा ५० रनको योगदान दिए। उनले १ चौका र एक छक्का हिर्काए।

रिसभ पन्त र हार्दिक पाण्डेयले समान ३२ रन बनाए। ५ रनमा ३ ब्याटसम्यान रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुललाई भारतले गुमायो। उनीहरू समान १–१ रनमा आउट भए ।

न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ तथा मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले २–२ विकेट लिए।

यसअघि न्युजिल्याण्डले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो। न्युजिल्याण्डका लागि रस टेलरले ७४ रन बनाए । त्यसैगरीने कप्तान विलियमसनले ६७ बनाए।

टेलरले ९० बल खेल्दै ३ चौका र एक छक्का हिर्काएका थिए भने विलियमसनले ६ चौका हिर्काए। त्यस्तै, हेनरी निकोलासले २८ रन बनाए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ