एसिसी यू-१९ : फाइनल उपाधिका लागि नेपाल र हङकङबीचको खेल जारी

2019-07-09

काठमाडौं - मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा अहिले नेपाल र हङकङबीच खेल भइरहेको छ।

मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि हङकङ ब्याटिङका लागि मैदानमा उत्रिएको छ। हङकङले शून्य रनको अवस्थामै २ विकेट गुमाउँदै फितलो सुरुवात गरेको छ। हङकङका नसरुल्ला राना र राहुल शर्मा शून्य रनमा पेवेलियन फर्किएका छन्।

नेपालका लागि दुवै विकेट सागर ढकालले लिएका हुन्। नसरुल्ला स्लिपमा क्याच आउट हुँदा शर्मालाई भने हरि चौहानले स्टम्पिङ गरेका थिए।

नेपालले सोमबार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल मेथडका आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको थियो।

उपाधि जित्ने टोली यू-१९ एसिया कपका लागि छनोट हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ